- ADVERTISEMENT -

हावाहुरीकाे प्रभाव : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने उडान र अवतरण केहीबेर ठप्प

May 1, 2019
758
Shares
- ADVERTISEMENT -

काठमाण्डौ, १८ बैशाख २०७६ । हावाहुरीका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने उडान र अवतरण साँझ केहीबेर ठप्प भएको छ ।

साँझ आएको हावाहुरीका कारण विभिन्न देशबाट नेपाल आएका जहाज आकाशमा फन्को लगाएर बस्न बाध्य भएका थिए । काठमाण्डौ आसपासका जिल्लामा हावाहुरी आउँदा बैंकक, हङकङ, सिंगापुर, सारजहाँबाट आएका जहाज बारा र पर्साको आकाशमा फन्को लगाएर बस्नु परेको हो । त्यहाँबाट आएका जहाजहरु काठमाण्डौको आकाशमा समेत प्रवेश गर्न सकेनन् ।

- ADVERTISEMENT -

Advertisement

झण्डै आधा घण्टासम्म उडान र अवतरण ठप्प भएको विमानस्थलले जनाएको छ । धुलोसहितको हावाहुरीका कारण भिजिबिलिटी कम हुँदा उडान र अवतरण गर्न नसकेको विमानस्थलले जनाएको छ । हावाहुरी कम भएपछि अहिले केहीबेरअघिबाट भने उडान र अवतरण सुरु भएको विमानस्थल कन्ट्रोल रुमले जानकारी दिएको छ ।

यस्तै काठमाण्डौ उपत्यका सहित मध्य भूभागमा साँझ आएको हावाहुरीले विभिन्न ठाउँमा क्षति पुर्याएको छ । थप क्षतिको विवरण भने आइसकेको छैन ।

- ADVERTISEMENT -

Advertisement

स्थानीय वायु तथा पश्चिमी वायु सक्रिय भएकाले साँझ हावाहुरी आएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । पश्चिमी वायु पूर्व सर्ने क्रममा चितवन, धादिङ्ग, नुवाकोटसहित काठमाण्डौ उपत्यकामा असर गरेको मौसमविद् गंगा नगरकोटीले बताउनुभयो ।

यसको प्रभाव मध्यरातीसम्म नै रहने अनुमान गरिएको छ । आज राति पश्चिमी पहाडी भूभागमा मेघगर्जन सहित पानी पर्ने सम्भावना रहेको पनि उहाँले बताउनुभयो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -