एजेन्सी, १६ बैशाख २०७६ । राष्ट्रपति विद्यादेवी भण्डारीले सोमबार बिहान बेइजिङको तियानमेन चोकको दक्षिणी भागमा अवस्थित जनताका शहीदको स्मारकमा पुष्पहार अर्पण गरी श्रद्धाञ्जली व्यक्त गरेकी छिन् ।
स्मारकस्थल पुग्दा उनलाई चिनियाँ परराष्ट्र मन्त्रालयका सचिव कोङ सुआनयुले स्वागत गरेका थिए ।
उक्त अवसरमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेल, चीनका लागि नेपालका राजदूत लीलामणि पौडेल, संघीय संसदका सदस्य तथा नेपाल सरकारका उच्च अधिकारीको उपस्थिति थियो ।