२०८३ जेठ ५, मंगलबार
३:१२:५२ राति
- ADVERTISEMENT -

आजबाट सङ्घीय संसदको अधिवेशन

प्रकाशित मिति: २०७६ वैशाख १६, सोमबार

832
Shares

काठमाडौँ, वैशाख १६ गते । सङ्घीय संसद्को चौथो अधिवेशन सोमबारबाट सुरु हुँदैछ । मन्त्रिपरिषदको सिफारिस अनुसार राष्ट्रपति विद्यादेवी भण्डारीले सोमबार दिउँसो ४.०० बजे अधिवेशन आह्वान गर्नुभएको हो । अधिवेशन सरकारको वार्षिक नीति तथा कार्यक्रम पेस, बजेट प्रस्तुत तथा संविधान कार्यान्वयनका कानुन निर्माणमा केन्द्रित हुनेछ ।

तेस्रो अधिवेशन अन्त्य भएको एक महिनापछि चौथो अधिवेशन आह्वान गरिएको हो । चालु अधिवेशन सरकारका वार्षिक कार्यक्रम र कानुन निर्माणमा केन्द्रित हुने प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महराले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “सोमबारबाट चौथो अधिवेशन सुरु हुँदैछ । चौथो अधिवेशनमा सरकारको नीति तथा कार्यक्रम, प्रिबजेट छलफल तथा बजेट प्रस्तुत मुख्य कार्यसूची नै हुन् । यस्तै, विचाराधीन विधेयकलाई प्राथमिकताका आधारमा अगाडि बढाइनेछ । प्रश्नोत्तर, विभिन्न प्रस्तावमा छलफल पनि निरन्तर अगाडि बढाइनेछ ।”

अधिवेशनमा सरकारको कार्यक्रम नै प्रमुख रहनेछ । नीति तथा कार्यक्रमका लागि वैशाख २० गतेको समय तय भइसकेको छ । यो पटक नीति तथा कार्यक्रमपछि प्रि बजेट छलफल हुनेछ । यसअघि प्रिबजेट छलफलपछि मात्र नीति कार्यक्रम पेस हुने गरेको थियो ।

यस्ता हुनेछन् मुख्य कार्यसूची
चौथो अधिवेशनको पहिलो दिनका सम्भावित कार्यसूची दुबै सदनले तयार पारिसकेका छन् । बैठकमा अधिवेशन आह्वानसम्बन्धी राष्ट्रपतिको पत्र पढेर सुनाइनेछ । यस्तै दुबै सदनमा सभाध्यक्षको अनुपस्थितिमा बैठक सञ्चालका लागि ‘स्पिकर प्यानल’को चयन हुनेछ । हरेक अधिवेशनमा उक्त प्यानमा रहनेका नाम घोषणा गरिन्छ ।

यसैगरी बैठकमा राजनीतिक दलका नेताले सम्बोधन गर्ने प्रचलन छ । आइतबारसम्म राजनीतिक दलका शीर्ष नेताले सम्बोधन गर्ने वा नगर्ने स्पष्ट भएको छैन ।
सोमबार दिउँसो १.०० बजे कार्यव्यवस्था परामर्श समिति बैठक बोलाइएको छ । सो बैठकले उक्त समय निर्धारण गर्नेछ । यसअघिको अभ्यास अनुसार भने अधिवेशन सुरु हुँदा शीर्ष नेताहरूले सम्बोधन गर्ने प्रचलन छ । सभामुख महराले राजनीतिक दलका नेताको सम्बोधनबारे सोमबार मात्र तय हुने बताउनुभयो ।

बैठकमा शोक प्रस्ताव पारितको कार्यसूची पनि रहनेछ । अधिवेशन नभएको बेलामा मृत्यु भएका पूर्व सांसद्हरुको शोक प्रस्ताव सोमबार पेस हुनेछ । सोमबारको बैठकमा २०४८ मा गुल्मी ३ बाट निर्वाचित रुद्रमणि शर्मा, यस्तै, २०४८ र ०५६ मा रुपन्देही २ बाट निर्वाचित रामकृष्ण ताम्राकार, २०६४ को संविधानसभा सदस्य दिवाकर गोल्छाको निधनमा शोक प्रस्ताव पारित हुनेछ । यस्तै, राष्ट्रियसभाका पूर्व सदस्य भिक्षु अश्वघोषको निधनमा शोक प्रस्ताव पारित हुनेछ । अश्वघोष २०५० मा राष्ट्रियसभा सदस्य हुनुहुन्थ्यो ।
कति छन् विधेयक
संघीय संसदका दुबै सदनमा गरी २९ विधेयक विचाराधीन छन् । ती विधेयकहरू चौथो अधिवेशनमा पेस हुनेछन् । अन्य २६ विधेयक विभिन्न अवस्थामा विचाराधीन नै छन् । प्रमाण ऐन संशोधन विधेयक, राष्ट्रिय मानवअधिकार आयोग ऐन संशोधन विधेयक, औद्योगिक व्यवसाय सम्बन्धी कानुनलाई एकीकृत गर्न बनेको विधेयक नयाँ दर्ता भएका हुन् ।

नागरिकता ऐन संशोधन विधेयक, सङ्घीय निजामती सेवा ऐन संशोधन विधेयक, प्रदेश प्रहरी विधेयक लगायत विधेयक समितिमा विचाराधीन छन् । समितिमा विचाराधीन रहेका विधेयक प्राथमिकताका आधारमा अगाडि बढाउने सरकारको तयारी छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
153.25
153.85
EUR
European Euro
1
178.17
178.87
GBP
UK Pound Sterling
1
204.21
205.01
CHF
Swiss Franc
1
194.71
195.48
AUD
Australian Dollar
1
109.58
110.01
CAD
Canadian Dollar
1
111.46
111.89
SGD
Singapore Dollar
1
119.66
120.13
JPY
Japanese Yen
10
9.65
9.69
CNY
Chinese Yuan
1
22.50
22.59
SAR
Saudi Arabian Riyal
1
40.84
41.00
QAR
Qatari Riyal
1
42.06
42.23
THB
Thai Baht
1
4.69
4.71
AED
UAE Dirham
1
41.72
41.89
MYR
Malaysian Ringgit
1
38.79
38.94
KRW
South Korean Won
100
10.23
10.27
SEK
Swedish Kroner
1
16.22
16.28
DKK
Danish Kroner
1
23.84
23.93
HKD
Hong Kong Dollar
1
19.57
19.65
KWD
Kuwaity Dinar
1
500.24
502.20
BHD
Bahrain Dinar
1
406.34
407.93
OMR
Omani Rial
1
398.05
399.61
- ADVERTISEMENT -