- ADVERTISEMENT -
- ADVERTISEMENT -

खुल्लामञ्चमा चल्यो डोजर

April 27, 2019
906
Shares
- ADVERTISEMENT -
- ADVERTISEMENT -

काठमाडौं, बैशाख १४

काठमाडौं महानगरपालिकाले खुल्लामञ्चमा अबैध रुपमा निर्माण गरिएको सटरमा डोजर चलाएको छ । मेयर बिद्यासुन्दर शाक्यले आज डोजर लगाउन निर्देशन दिनुभएको हो ।

खुलामञ्च अतिक्रमण गरेर सटर बनाइएको भन्दै जनस्तरबाट व्यापक विरोध भएपछि काठमाडौं महानगरपालिकाले शनिबार ती पसलमा डोजर चलाउने निर्णय गरेको हो । पसल भत्काउनका लागि शनिबार डोजर परिचालन गरिएको छ । महानगर प्रहरीका प्रमुख धनपति सापकोटाले महानगरपालिकाको निर्देशनपछि खुलामञ्चान डोजर चलनएको बताउनु भयो ।

महानगरपालिकाले डोजर चलाउने निर्णय गरेलगत्तै शनिबार दिउँसोदेखि महानगरीय प्रहरी पठाएर खुलामञ्चमा निर्माण गरिएका सटर भत्काउने क्रम सुरु भएको छ । महानगरपालिकाका केही कर्मचारी र ठेकेदार मनोजकुमार भेटवालको स्वच्छन्द विल्डर्सको मिलेमतोमा खुल्लामञ्च ठेक्का दिएको खुलासा भएपछि यसको चौतर्फी विरोध भएको थियो ।

विरोधपछि महानगरपालिका त्यहाँ रहेका सटरहरु भत्काउने निर्णय लिएको थियो । ठेकेदारले खुलामञ्चभित्र करिब ४० वटा सटरहरु खडा गरेर भाडामा पसल सञ्चालन गर्न दिएका थिए । गत चैत २४ गते नै मेयर शाक्यले खुल्लामञ्चको अबैध सटर भत्काउनका लागि अनुगमन रिपोर्ट मागेपनि उपमेयर हरिप्रभा खडगीले नदिएपछि रोकिएको थियो ।

उपमेयर हरिप्रभाको बदमासी खुलेपछि मेयर शाक्य एक्शनमा उत्रनुभएको हो । महानगरले डोजर चलाएर सवै सटर भत्काएको छ ।

मेयर शाक्यले रिपोर्ट आउन ढिलाइ भएकोले भत्काइ दिएको बताउनु भयो । उपमेयर खडगीले रिपोर्ट नदिए पनि आज भने मेयर शाक्यले एक्शन लिनुभएको हो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -