२०८३ वैशाख २८, सोमबार
९:२७:०५ बिहान
- ADVERTISEMENT -

विनाशकारी भूकम्पको चार वर्ष: परकम्पनले ठूलो भूकम्पको जोखिम कम

प्रकाशित मिति: २०७६ वैशाख १२, बिहीबार

1187
Shares

काठमाडौं, वैशाख १२ गते । चार वर्ष अघि २०७२ वैशाख १२ गते अर्थात् आजकै दिन गोरखा जिल्लाको बारपाक केन्द्र बनाए गएको शक्तिशाली भूकम्पको त्रास कायमै रहँदा बुधबार बिहान पनि पुनः झस्काएको छ ।

काठमाडौँ आसपास क्षेत्रका कतिपय मानिस दौड्दै घर बाहिर आए भने कतिले आफ्ना बालबच्चा बोकेर दौडेको घटना सुनाए । जे होस् नेपालमा भूकम्पको जोखिम कायमै छ र ‘सचेत हुनुपर्छ है’ भन्ने सन्देश भूकम्पले दिइरहेको छ ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बुधबार गएका दुईवटा भूकम्प गोरखा भूकम्पकै परकम्प हुन् । धादिङको नौबिसे केन्द्र भएर ५.२ रेक्टरको भूकम्प गएको केही समयपछि ककनी क्षेत्र केन्द्र भई ४.३ रेक्टर स्केलको अर्को परकम्पन गएको थियो ।

केन्द्रका सिस्मोलोजिस्ट मुकुन्द भट्टराई भन्नुहुन्छ, ‘‘बुधबार बिहान गएको भूकम्पचाहिँ २०७२ वैशाख १२ गते गएको भूकम्पको परकम्पन नै हो । बिहीबार भूकम्प गएको चार वर्ष पुग्दैछ भनेर यो परकम्पन आएको होइन । भूकम्प कहिले जान्छ भन्ने भन्न सकिँदैन । संयोग मात्रै हो ।’’

अर्का सिस्मोलोजिस्ट चिन्तन तिम्सिनाले काठमाडौँ नजिक केन्द्र भएकाले सबैलाई बढी चासो भएको हो तर यस्ता भूकम्प अन्य क्षेत्रमा पनि गइरहेका छन् ।

अन्यत्र जाँदा कम र काठमाडौँ नजिक जाँदा बढी चासो हुनु स्वाभाविक नै हो । सबैभन्दा बढी परकम्पन गएका क्षेत्रमा दोलखा र सिन्धुपाल्चोक क्षेत्र हुन् र त्यसपछि गोरखामा गएको केन्द्रले तथ्याङ्कमा छ ।

नेपालको चुरेको भूभागमाथि तिब्बतीय र भारती प्लेटको टकराव हुन्छ, त्यसले शक्ति पैदा गर्छ, त्यसले गर्दा यो क्षेत्र भूकम्पीय जोखिममा रहेको छ । शक्ति जम्मा हुने र क्षीण हुने चक्र हुन्छ र त्यसैले गर्दा भूकम्प जान्छ । नेपालको करिब आठ सय किलोमिटर क्षेत्र नै भूकम्पकीय क्षेत्रमा पर्छ । सामान्यतया परकम्पन जानुलाई राम्रो मानिन्छ जसले त्यस क्षेत्रमा ठूला भूकम्प जाने जोखिम कम हुने विज्ञहरू बताउँछन् ।

पश्चिममा महाभूकम्पको खतरा
नेपालको पश्चिम क्षेत्रमा भूकम्प जान्छ भनेर भूकम्पविद्हरूले सचेत गराइरहेका छन् । त्यो भूकम्प कति समय पछि कुन मात्राको जान्छ भनेर नसकिने विज्ञहरूको भनाइ छ । नेपालको पूर्वी, मध्य र पश्चिम क्षेत्रको अध्ययन गर्दा मध्य नेपालमा ८० देखि सय वर्षको अवधिमा ठूला भूकम्प गएको पाइन्छ ।
सिस्मोलोजिस्ट भट्टराईका अनुसार, ‘‘ पश्चिम नेपालमा सन् १५०५ पछि ठूलो भूकम्प भएको छैन । कति वर्षपछि फेरि अर्को भूकम्प जान्छ भनेर भन्न सक्ने तथ्याङ्क छैन । विभिन्न अध्ययनका अनुसार, पश्चिम नेपालमा धेरै शक्ति सञ्चय भएको देखाउँछ, यस क्षेत्रमा महाभूकम्प जाने सम्भावना छ ।’’
काठमाडौं उपत्यकाको दक्षिणी क्षेत्रमा पनि लामो समयदेखि शक्ति सञ्चय भइराखेको छ । सन् १८३३ मा गएको भूकम्पले पनि त्यस क्षेत्रको शक्तिलाई पूरै शक्ति बाहिर नगएको ठानिन्छ । गोरखा भूकम्पले पनि यस क्षेत्रको शक्तिलाई बाहिर निकाल्न सकेन । त्यही क्षेत्रमा भूकम्प गएर शक्ति बाहिर जान्छ कि अन्य क्षेत्रमा भूकम्प गएर शक्ति बाहिर जान्छ भन्न सकिँदैन ।
भट्टराईले भन्नुभयो, ‘‘गोरखा भूकम्पपछि गोरखादेखि सिन्धुपाल्चोकसम्मको क्षेत्रमा सञ्चय भएको शक्ति बाहिर गएको छ, त्यसैले यस क्षेत्रमा तत्कालै ठूलो भूकम्प नजाला ।’’

४५ हजारभन्दा बढी परकम्पन
सिस्मोलोजिस्ट चिन्तन तिम्सिनाका अनुसार, २०७२ वैशाख १२ गते गएको ७.६ रेक्टर स्केलको भूकम्प जानुभन्दा अघि पनि नेपालमा भूकम्प गएका थिए । विगत चार वर्षमा चार रेक्टर स्केलभन्दा माथिका जम्मा ५२० वटा परकम्पन गएका छन् । सबै परकम्पनको सङ्ख्या भने ४५ हजारभन्दा बढी पुगेको छ । ठूला भूकम्प गएपछि त्यसको आफ्नो क्षेत्रमा साना भूकम्प जाने गर्छन् । गोरखा भूकम्प गएपछि पराकम्पन आउने क्रम तीन गुणाले वृद्धि भएको छ ।

कुनै क्षेत्रमा ठूलो भूकम्प गएपछि त्यहाँ जम्मा भएको शक्तिलाई निस्क्रिय हुन्छ । फेरि त्यो शक्ति सञ्चय हुन लामो समय लाग्छ । हिमालय क्षेत्रमा आठ रेक्टर स्केल भन्दा ठूलो भूकम्प गयो भने त्यही आकारको अर्को ठूलो भूकम्प जान सात–आठ सय वर्ष लाग्छ । तर आठभन्दा सानो भूकम्प गयो भने चाहिँ कति वर्षमा ठेगान हुँदैन ।

तिम्सिनाले गोरखा भूकम्प गएकै क्षेत्रमा सन् १८३३ मा करिब ७.८ रेक्टरको भूकम्प गएको र १७० वर्षको अवधिमा फेरि दोहोरिएर आएको जानकारी दिनुभयो । उहाँ भन्नुहुन्छ, ‘नेपालको मध्य क्षेत्रको मात्रै हामीसँग अभिलेख छ तर पूर्वी नेपाल र पश्चिम नेपालको अभिलेख छैन, आठ रेक्टरको भन्दा ठूलो भूकम्प भएपछि त्यसले सञ्चित शक्तिलाई बाहिर फालिदिन्छ ।’

गोरखा, सिन्धुपाल्चोक आसपासको क्षेत्रमा नै आठ रेक्टर भन्दा ठूलो भूकम्प जाने सम्भावनाचाहिँ कमै छ । तर काठमाडौँको दक्षिणी क्षेत्रमा शक्ति सञ्चय हुने क्रम जारी छ । गोरखाको पूर्वी र पश्चिमी क्षेत्रमा जहिले पनि भूकम्प जान सक्ने सम्भावना छ । भूकम्प जानुभन्दा अगाडि नै भूकम्प जाँदैछ भनेर भविष्यवाणी गर्न सक्ने प्रविधि छैन । शक्ति सञ्चय भइरहेको छ वा छैन भनेर पत्ता लगाउन सकिन्छ तर भूकम्प कहिले जाँदैछ भनेर पत्ता लगाउन भने सक्ने स्थिति छैन ।
सिस्मोलोजिस्ट तिम्सिनाका अनुसार, नेपालको जमिनमुनि प्रत्येक वर्ष दुई सेन्टिमिटरको दरले शक्ति सञ्चय भइरहेको छ । यो सञ्चित शक्ति बाहिर निस्कने भने त भूकम्पले नै हो । उहाँ भन्नुहुन्छ, ‘भूकम्पीय जोखिम क्षेत्रमा बसे पछि हामी सबैले सचेत हुनुपर्छ । भूकम्पले मान्छे मार्ने होइन, हामीले बनाएका अव्यवस्थित भौतिक संरचनाले नै क्षति पु¥याउने हो, भवन संहिताको कार्यान्वयन सबैले पालन गर्नुप¥यो, भूकम्प आयो भन्दैमा तनाव लिएर बस्ने होइन ।’

स्वचालित प्रविधिको विकास
२०७२ को भूकम्पपछि थप २० वटा नयाँ भूकम्प मापन उपकरण जोड्ने निर्णय भयो । हालसम्म १८ वटा स्टेसनमा उपकरण जडान गर्ने कार्य सम्पन्न भइसकेक छ भने दुईवटा जडान हुने क्रममा छन् । अब ४० वटै स्टेसन राष्ट्रिय सञ्जालमा जोड्ने तयारी पनि भइरहेको जानकारी तिम्सिनाले दिनुभयो ।

उहाँले अहिले भूकम्प गएको १०–१५ मिनेटपछि मात्रै नतिजा दिन सक्छौँ भने अब स्वचालित प्रविधिमा गएपछि पाँच मिनेटमै नतिजा दिन सक्ने बताउनुभयो ।

नेपालमा भूकम्प मापन गर्ने यन्त्रको जडान फ्रान्स सरकारको सहयोगमा सन् १९७८ बाट सुरु भएको हो । गोरखा भूकम्पछि जापानी संस्था जाइकाले आठवटा भूकम्प मापन गर्ने यन्त्र उपलब्ध गराएको छ र त्यो जडान भइसकेको छ । त्यसपछि चीन सरकारले १० वटा दिएको छ र त्यसलाई नेपालको उत्तर क्षेत्रमा आठवटा स्थापना गरिएको छ र दुईवटा जडान हुँदैछन् । ती यन्त्रमा प्राप्त नतिजा भूउपग्रहमार्फत आउँछ । अन्य दुईवटा यन्त्रलाई तराई क्षेत्रमा जडान गरिने भएको छ ।

चार वर्षमा गएका भूकम्प र परकम्पन
४ रेक्टरभन्दा तल ४६ हजार ६२६
४ देखि ५ रेक्टर एक हजार ४७
५ देखि ६ रेक्टर १३५
६ देखि ६.५ रेक्टर ६
७ रेक्टरभन्दा माथि
(गोरखा भूकम्प) १
स्रोत : राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
150.88
151.48
EUR
European Euro
1
177.83
178.53
GBP
UK Pound Sterling
1
205.71
206.53
CHF
Swiss Franc
1
194.32
195.09
AUD
Australian Dollar
1
109.34
109.78
CAD
Canadian Dollar
1
110.32
110.76
SGD
Singapore Dollar
1
119.08
119.55
JPY
Japanese Yen
10
9.63
9.67
CNY
Chinese Yuan
1
22.19
22.27
SAR
Saudi Arabian Riyal
1
40.22
40.38
QAR
Qatari Riyal
1
41.42
41.58
THB
Thai Baht
1
4.68
4.70
AED
UAE Dirham
1
41.08
41.24
MYR
Malaysian Ringgit
1
38.48
38.63
KRW
South Korean Won
100
10.32
10.36
SEK
Swedish Kroner
1
16.37
16.44
DKK
Danish Kroner
1
23.80
23.89
HKD
Hong Kong Dollar
1
19.27
19.35
KWD
Kuwaity Dinar
1
492.75
494.71
BHD
Bahrain Dinar
1
399.84
401.43
OMR
Omani Rial
1
391.89
393.45
- ADVERTISEMENT -