२०८३ वैशाख २८, सोमबार
८:३३:३६ बिहान
- ADVERTISEMENT -

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्नी आमाको आशीर्वाद लिएर मतदानमा

प्रकाशित मिति: २०७६ वैशाख १०, मंगलबार

1467
Shares

काठमाडौं, १० बैशाख २०७६ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्नी आमाको आशीर्वाद लिएर मतदान गरेका छन् । गान्धीनगरमा उनी खुल्ला जीपमा चढेर मतदान गर्न गएका थिए ।

भारतीय जनता पार्टी भाजपाका अध्यक्ष एवं त्यहाँका उम्मेदवार अमित शाह पनि मोदीसंगै मतदान स्थलमा गएका थिए ।

मोदी भाजपाको जीतका लागि ढुक्क देखिएका छन् ।

मोदी गुजरातबाट जोडिएकाले पनि उनको यो मतदानले निकै अर्थ राखेको छ । उनी मतदान स्थल पुग्दा टाढाटाढबाट आएका उनका प्रशंसकले मोदाी मोदीको नारा लगाएका थिए ।

मतदानपछि उनले भने, ‘मेरो यो सौभाग्य हो कि मलाई पनि मेरो कर्तव्य निभाउनका लागि भोट दिने अवसर मिलेको छ ।’ उनले भने, ‘जसरी कुम्भको मेलामा स्नान गरेर पवित्रताको आनन्द आउँछ त्यसरी नै लोकतन्त्रको पवित्रतामा मतदान गरेर पवित्रताको आनन्द लिएको छु ।’

उनले देशवासीमा यस लोकतन्त्रको पर्वमा मतदान गर्न पनि आग्रह गरेका छन् । उनले मतदान कसलाई गर्ने र कसलाई नगर्ने भन्ने दूधको दूध र पानीको पानी गर्ने विशेषता भारतीय जनतामा रहेको बताएका छन् ।

लोकसभा चुनावको तेस्रो चरणमा सोमबार १३ राज्य र २ केन्द्र शासित प्रदेशहरुको ११६ लोकसभा सीटहरुमा चुनाव भइरहेको छ ।

तेस्रो चरणको ११६ सीटमा महत्वपूर्ण उम्मेदवारहरुको भाग्य फैसला हुन लाग्दैछ । त्यसमा बीजेपी अध्यक्ष अमित शाह गुजरातको गान्धीनगरबाट, कांग्रेस अध्यक्ष राहुल गान्धी केरलको वायनाडबाट, समाजवादी पार्टीका नेता मुलायम सिंह यादव उत्तर प्रदेशको मैनपुरीबाट, जया प्रदा र आजम खान यूपीको रामपुरबाट चुनाव लडेका छन् ।

पहिलो चरणमा २० राज्यको ९१ सीट, दोस्रो चरणमा १२ राज्यको ९५ सीटमा चुनाव भइसकेको छ ।

पहिलो चरणमा कूल १७ प्रतिशत सीटमा र दोस्रो चरणमा १८ प्रतिशत सीटहरुमा भोटिङ्ग भएको थियो । २३ अप्रिलमा लोकसभा चुनावको २१ दशमलव ३६ प्रतिशत सीटका लागि चुनाव हुने भएको छ ।

५४३ सीटहरुमध्ये ५६ दशमलव ३६ प्रतिशत उम्मेदवारहरुको भाग्य चुनावको भोटिङ मेसिनमा कैद गरिएको छ ।

यसपटक लोकसभा चुनावमा सात चरणमा भोटिङ्ग हुँदैछ । अन्तिम चरणको रुपमा १९ मे मा चुनाव हुँदैछ । यसको २३ मे मा नतिजा आउने छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
150.88
151.48
EUR
European Euro
1
177.83
178.53
GBP
UK Pound Sterling
1
205.71
206.53
CHF
Swiss Franc
1
194.32
195.09
AUD
Australian Dollar
1
109.34
109.78
CAD
Canadian Dollar
1
110.32
110.76
SGD
Singapore Dollar
1
119.08
119.55
JPY
Japanese Yen
10
9.63
9.67
CNY
Chinese Yuan
1
22.19
22.27
SAR
Saudi Arabian Riyal
1
40.22
40.38
QAR
Qatari Riyal
1
41.42
41.58
THB
Thai Baht
1
4.68
4.70
AED
UAE Dirham
1
41.08
41.24
MYR
Malaysian Ringgit
1
38.48
38.63
KRW
South Korean Won
100
10.32
10.36
SEK
Swedish Kroner
1
16.37
16.44
DKK
Danish Kroner
1
23.80
23.89
HKD
Hong Kong Dollar
1
19.27
19.35
KWD
Kuwaity Dinar
1
492.75
494.71
BHD
Bahrain Dinar
1
399.84
401.43
OMR
Omani Rial
1
391.89
393.45
- ADVERTISEMENT -