Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
२:५३:१७ दिउँसो
- ADVERTISEMENT -

प्रतिरक्षा विश्वविद्यालय सञ्चालनको तयारीमा सेना

प्रकाशित मिति: २०७६ वैशाख १०, मंगलबार

2087
Shares

काठमाडौँ, वैशाख १० गते । नेपाली सेनाले सञ्चालन गर्ने विभिन्न तालिम तथा प्रशिक्षणमा विदेशी सेनाको आकर्षण बढ्दै छ । यो आकर्षणसँगै सेनाले प्रतिरक्षा विश्वविद्यालय (एनडीयू) सञ्चालनको तयारी पनि गरेको छ ।

विगत आठ वर्षको अवधिमा २० देशका ७६३ सैनिकले नेपाली सेनाले सञ्चालन गरेको तालिम पूरा गरेका छन् । नेपाली सेनाले काभ्रेको पाँचखालमा यूएन शान्ति कार्य, बाराको अमलेखगञ्जमा जङ्गल वारफेयर (युद्धकला), मुस्ताङमा माउण्टेन वारफेयर, काठमाडौँको शिवपुरीमा कमाण्ड तथा स्टाफ कलेज र भक्तपुरको खरिपाटीमा अधिकृत क्याडेट तालिम सञ्चालन गर्दै आएको छ ।

तीमध्ये प्यारा जम्प, रेञ्जर (कमाण्डो), विपद् व्यवस्थापन तथा प्रतिआतङ्कवादसँग सम्बन्धित् सैनिक अभ्यसमा चीन, भारत र अमेरिकी सेनाको एसिया प्यासेफिक कमाण्डसँग संयुक्त रूपमा सञ्चालन हँुँदै आएको छ ।

सैनिक तालिम, प्रशिक्षण र अभ्यासप्रति विभिन्न राष्ट्रका सेनाको सहभागिता प्रत्येक वर्ष बढ्दै गएको सेनाले जनाएको छ । नेपाली सेनाले २०६७ सालबाट विभिन्न सैनिक तालिम केन्द्र तथा प्रतिष्ठानमा सञ्चालित प्रशिक्षणमा विदेशी सेनालाई सहभागी गराउने निर्णय गरेको थियो ।

यो निर्णयसँगै विदेशी सेनाका लागि नेपालको भू–बनोट, हावापानी र प्रशिक्षण आकर्षक तथा प्रभावकारी बन्दै गएको सैनिक प्रवक्ता विज्ञानदेव पाण्डेले बताउनुभयो ।

सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार, कमाण्ड तथा स्टाफ कलेजबाट ७९, सैनिक तालिम प्रतिष्ठान खरिपाटीबाट २४, माउण्टेन वारफेयरबाट २७७, जङ्गल वारफेयरमा ६२, प्यारा २१ र शान्तिकार्य तालिम केन्द्र पाँचखालबाट २९० जना विदेशी सैनिकले प्रशिक्षण लिइसकेका छन् ।

राष्ट्रिय सुरक्षा नीति तथा प्रतिरक्षा नीतिलगायत विश्वको बदलिँदो परिस्थति र अवस्थाको विषयमा उच्च अध्ययन, अध्यापन तथा अनुसन्धान गर्न सेनाले प्रतिरक्षा विश्वविद्यालय सञ्चालनको तयारी गरेको हो ।

यो विश्वविद्यालयको स्थापनापछि सेनाको ब्रिगेडियर (सहायकरथी) तहका उच्च सैनिक अधिकारीका लागि अनिवार्य गरिएको नेशनल डिफेन्स कोर्ष (एनडीसी) अध्ययन गर्न विभिन्न देशमा धाइरहनुपर्ने बाध्यता हट्ने छ । एनडीसी कोर्ष नगरेकाहरू पदोन्नति हुनबाट बन्चित हुन्छन् ।

अन्तर्राष्ट्रिय सेनाको सीप तथा क्षमता विकासका लागि नेपालको भू–बनोट तथा हावापानी नै आकर्षक भएको भनाइ नेपाली सेनाको छ । तराई, पहाड र हिमाल गरी तीन किसिमको भू–बनोटसँगै नेपाली सेनाले प्रदान गर्ने प्रशिक्षण तथा अभ्यासमा सैद्धान्तिकभन्दा व्यावहारिक पक्ष बढी समेटिने भएकाले तालिम प्रभावकारी बन्दै गएको दाबी सैनिक अधिकारीको छ ।

विदेशी प्रशिक्षार्थीका लागि प्रत्येक वर्ष भक्तपुर खरिपाटीस्थित सैनिक तालिम प्रतिष्ठानमा चार, स्टाफ कलेजमा १०, माउण्टेन वारफेयरमा सात, जङ्गल वारफेयरमा १३, प्यारा स्कुलमा छ जना गरी ४० वटा कोटा छुट्याएको छ ।

माउण्टेन वारफेयर र जंगल वारफेयर तालिममा कोटाभन्दा बढी प्रशिक्षार्थी सहभागी हुने गरेका छन् । युएन शान्तिकार्य अभ्यासमा पनि विदेशी सेनाको आकर्षण बढ्दै गएको छ ।
सैनिक प्रवक्ता पाण्डेले छिमेकी राष्ट्र भारत र चीनमात्र नभई अफ्रिकी मुलुकका सेनाको समेत आकर्षणमा नेपाल पर्ने गरेको जानकारी दिनुभयो । भारत, पाकिस्तान, बङ्गलादेश, मलेसिया, चीन, श्रीलङ्का, अमेरिका, बेलायत, दक्षिण कोरिया, नाइजेरिया, लेबनान, केन्या, घाना, म्यानमार, थाइल्याण्ड, इन्डोनेसिया लगायत २० देशका सेनाले नेपालमा सञ्चालित विभिन्न किसिमको प्रशिक्षण तथा अभ्यासमा सहभागिता जनाउँदै आएका छन् ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -