२०८३ वैशाख २८, सोमबार
९:१५:१७ बिहान
- ADVERTISEMENT -

शृङ्खलाबद्ध बम विस्फोटमा परी मृत्यु हुनेको संख्या २९० पुग्यो

प्रकाशित मिति: २०७६ वैशाख ९, सोमबार

826
Shares

श्रीलंका, बैशाख ९

श्रीलंकाका विभिन्न स्थानमा भएका शृङ्खलाबद्ध बम विस्फोटमा परी मृत्यु हुनेको संख्या २९० पुगेको प्रहरी र स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । विस्फोटमा ५०० भन्दा बढी घाईते भएका छन्। घरमा प्रहरीले छापा मार्दा २४ जना पक्राउ परेका छन् भने कारवाहीका क्रममा तीन प्रहरी मारिएका छन् ।

पक्राउ गरिएका २४ जना मानिस धार्मिक अतिवादी भएको रक्षामन्त्री रुवान विजेवर्दनेले बताउनुभएको छ । घटनापछि श्रीलंका सरकारले तत्कालै लागू हुने गरी निषेधाज्ञा (कर्फ्यु) लगाएको मन्त्री विजेवर्दनेले बताउनुभयो ।

‘स्थिति सामान्य नहुन्जेलसम्म कर्फ्यु लगाइनेछ,’ कोलम्बोमा पत्रकारहरूलाई उहाँले जानकारी दिनुभयो । सरकारी अधिकारीहरूले फेसबूक र ह्वाट्सयाप लगायतका प्रमुख सामाजिक सञ्जाल र सन्देश पठाउने यापहरूलाई ब्लक गरिएको जनाएका छन् ।

गलत सूचना र हल्ला नफैलियोस् भनी यस्तो गरिएको बताइएको छ । घटनामा विदेशी नागरिकहरू पनि मारिएका छन् । भारत, अमेरिका, चीन, डेनमार्क, जापान, पाकिस्तान, बंगलादेश र मोरक्कोका नागरिक मारिएका हुन् ।

विस्फोटको पहिलो शृंखला ईस्टर सन्डेका दिन बिहान पौने ९ बजे भएको थियो । त्यतिखेर मानिसहरू प्रार्थनाका लागि भेला भएका थिए । आक्रमणको जिम्मा अझै पनि कसैले लिएको छैन ।३० विदेशी नागरिकको मृत्यु भएको पुष्टि भएको द वायरमा छ ।

सन् २००९ मा २६ वर्षे लामो गृहयुद्ध अन्त्यपछि श्रीलंकामा हिंसाका घटना छिटपुट मात्र हुने गरेका थिए। गत वर्ष भने बौद्ध र मुस्लिम समुदाबीच हिंसा चर्किँदा राष्ट्रिय संकटकाल घोषणा गरिएको थियो। श्रीलंकामा बहुसंख्यक सिंहाली समुदायको बसोबास छ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
150.88
151.48
EUR
European Euro
1
177.83
178.53
GBP
UK Pound Sterling
1
205.71
206.53
CHF
Swiss Franc
1
194.32
195.09
AUD
Australian Dollar
1
109.34
109.78
CAD
Canadian Dollar
1
110.32
110.76
SGD
Singapore Dollar
1
119.08
119.55
JPY
Japanese Yen
10
9.63
9.67
CNY
Chinese Yuan
1
22.19
22.27
SAR
Saudi Arabian Riyal
1
40.22
40.38
QAR
Qatari Riyal
1
41.42
41.58
THB
Thai Baht
1
4.68
4.70
AED
UAE Dirham
1
41.08
41.24
MYR
Malaysian Ringgit
1
38.48
38.63
KRW
South Korean Won
100
10.32
10.36
SEK
Swedish Kroner
1
16.37
16.44
DKK
Danish Kroner
1
23.80
23.89
HKD
Hong Kong Dollar
1
19.27
19.35
KWD
Kuwaity Dinar
1
492.75
494.71
BHD
Bahrain Dinar
1
399.84
401.43
OMR
Omani Rial
1
391.89
393.45
- ADVERTISEMENT -