- ADVERTISEMENT -
https://rbb.com.np
- ADVERTISEMENT -

श्रीलंकामा सिरियल बम आक्रमणमा मर्नेको संख्या १५६ नाग्यो

April 21, 2019
936
Shares
- ADVERTISEMENT -
- ADVERTISEMENT -

श्रीलंका, ८ बैशाख २०७६ । ईस्टर सन्डेको मौकामा श्रीलंकामा सिलसिलेवार बम आक्रमणबाट हल्एिको छ । बम आक्रमण तिन चर्च र तिन होटलमा भएको हो । बम आक्रमणमा परि १५६ भन्दा बढिको मुत्यु र ३०० बढि घाइते भएका छन् ।

एक विस्फोट कोलम्बोको कोचचिकडेमा रहेको सेन्ट एंथोनी चर्चमा भएको थियो । दोस्रो धमाका कटानाको कटुवापिटीया चर्चमा भयो भने तेस्रो आक्रमण बट्टीकलाओ चर्चमा भएको हो । यसको अलावा राजधानी कोलंबोको पाँच तारे होटल शंगरी–ला होटल, सिन्नमन ग्राण्ड र किंग्सबरीमा पनि बम आक्रमण भएको खबर रहेको छ । यी विस्फोटमा धेरै जनाको मुत्यु भएको छ जसमा विदेशी पर्यटकहरु पनि परेका छन् ।

- ADVERTISEMENT -

Advertisement

समाचार एजेन्सि एएफपी अनुसार मर्नेको संख्या १५६ पुगेको छ भने ३०० भन्दा बढि घाइते भएका छन् । कोलम्बो नेशनल अस्पतालको अधिकारीले भने घाइतेहरुलाई अस्पताल भर्ना गरीएको छ र घाइतेहरु अरु बढ्न सक्ने सम्भावना रहेको छ ।

पछिल्लो खबर अनुसार ईस्टरको मौकामा चर्च जाने मानिसहरुलाई निशाना बनाएर यो आक्रमण भएको बताइएको छ । अहिलेसम्म श्रीलंकन सरकारले भने यसलाई लिएर कुनै पनि बयान जारी गरको छैन ।

- ADVERTISEMENT -

Advertisement

जानकारी अनुसार कोलम्बोमा सेनाका २०० भन्दा बढि जवानहरुालई तैनाथ गरिएको छ । प्रधानमन्त्रिले आपतकालिन बैठक बोलाएका छन् ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
www.simpaninews.com