काठमाडौं, बैशाख ६

काठमाडौं उपत्यकामा भरी वर्षा भएको छ । केहीबेर अघिबाट उपत्यकामा असिनासहितको वर्षा भएको हो। बर्षाअघि केहीबेर हावाहुरीसमेत चलेको थियो ।

स्थानीय वायुका कारण राजधानीको मौसम बिग्रिएको मौसिम बिज्ञान महाशाखाका मौसमविद् राजु प्रधानाङ्गले जानकारी दिनुभयो । ‘स्थानीय वायुको प्रभावमा भएको प्रि–मौसमको समयमा यस्तै हुन्छ, तुरुन्तै मौसय बदली हुन्छ र तुरुन्तै मौसम सफा पनि हुन्छ, फेरि केही समयपछि बदली हुन्छ,’ मौसमविद प्रधानांगले भन्नुभयो ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार आगामी तीन दिनसम्म नेपालको पहाडी भू–भागमा मौसम बदली रहने छ।

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्