- ADVERTISEMENT -
- ADVERTISEMENT -

प्रेस काउन्सिल र प्रहरीमाथि छानविन गर्ने : सञ्चारमन्त्री

April 19, 2019
816
Shares
- ADVERTISEMENT -
- ADVERTISEMENT -

काठमाडौं, बैशाख ६

बैधानिक अनलाइनमा प्रकाशित समाचारको बिषयलाई लिएर पत्रकारमाथि साइवर क्राइममा मुद्दा चलाउने नेपाल प्रहरीका बरिष्ठ अधिकारी र प्रेस काउन्सिल नेपालमाथि सरकारले छानविन गर्ने भएको छ ।

सरकारका प्रवक्तासमेत रहनुभएका सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले सो जानकारी दिनुभएको हो । पोखराका पत्रकार अर्जुन गिरी सम्पादक अर्जुन गिरीलाई ब्यापारीको सेटिङमा साइवर क्राइममा मुद्दा चलाएर फसाउने काम भएपछि मन्त्री बाँस्कोटासँग भेटन पुगेको नेपाल पत्रकार महासंघको टोलीलाई मन्त्री बाँस्कोटाको छानविन गर्ने बताउनु भएको हो ।

‘पत्रकारलाई समाचार लेखेकै आधारमा साइवर क्राइममा मुद्दा लगाउने जस्तो आपत्तिजनक काम कसरी भयो, यस बिषयमा प्रेस काउन्सिल नेपाल र सम्बन्धित प्रहरी अधिकारीमाथि छानविन हुन्छ, सरकारले यसतर्फ प्रकृया अघि बढाइसकेको छ,’ मन्त्री बाँस्कोटाको भनाई उधृत गर्दै नेपाल पत्रकार महासंघका अध्यक्ष गोबिन्द आचार्यले भन्नुभयो ।

पोखराका ब्यापारी बिपेन्द्रराज बतासबिरुद्ध प्रहरीमा ठगीको उजुरी परेपछि पत्रकार गिरीले सोहीआधारमा समाचार प्रकाशन गर्नुभएको थियो । प्रेस काउन्सिलमा सूचीकृत भइ बैधानिक रुपमा सञ्चालित अनलाइनमा पत्रकार गिरीले समाचार प्रकाशन गरेपनि प्रेस काउन्सिलले सुरुमा दर्ता नभएको पत्र बतासलाई दिएर साइवर क्राइममा मुद्दा चलाउन नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोलाई सहमति दिएको थियो ।

प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल नेपाल बाहिर रहेको बेला ब्यापारी बतासले सेटिङ मिलाएर पत्रकार गिरीबिरुद्ध साइवर क्राइममा मुद्दा दर्ता गरेका थिए । पत्रकार महासंघले प्रेस काउन्सिलकै सिफारिशका आधारमा पत्रकार गिरीमाथि साइवर क्राइममा मुद्दा चलाएर फसाउने काम भएको भन्दै मन्त्री बाँस्कोटाको ध्यानाकर्षण गराउँदै कार्वाहीको माग गरेको थियो । जवाफमा मन्त्री बाँस्कोटाले प्रहरी अधिकारीमाथि गृह मन्त्रालय र प्रहरी प्रधान कार्यालयले छानविन अघि बढाएको र काउन्सिलमाथि सञ्चार मन्त्रालयले छानविन अघि बढाएको बताउनु भएको हो ।

‘पत्रकार फसाउने कामबाट सरकार निकै गम्भीरु बनेको पाइयो, माननीय मन्त्रीज्यूले पत्रकारलाई साइवर क्राइममा फसाउने सवै अधिकारीमाथि छानविन प्रक्रिया अघि बढिसकेको जानकारी दिनुभएको छ,’ पत्रकार महासंघका अध्यक्ष आचार्यले जनताटाइम्ससँग भन्नुभयो । पत्रकार गिरीलाई जिल्ला अदालत काठमाडौंले हिजो साधरण तारेखमा रिहा गर्न आदेश दिएअनुसार हिजै रिहा भइसक्नु भएको छ ।

पत्रकार महासंघले पत्रकार गिरीमाथि प्रेस काउन्सिल नेपालकै आधारमा साइवर क्राइममा फसाइएको प्रष्ट पारेको छ । ‘प्रेस काउन्सिल नेपालको सूचनाको आधारमा प्रहरीले पक्राउ गरेका पत्रकार अर्जुन गिरीमाथि सिआइवीले आवश्यक अनुसन्धान गर्दा अनलाइन दर्ता रहेको पाइएको तथा प्रेस काउन्सिलले समेत आफ्नो गल्ती स्वीकार गरिसक्दा पनि पत्रकारलाई रिहा नगरिनु गम्भीर बिषय हो, पत्रकार महासंघ गिरीको गिरफ्तारी, उहाँमाथि भएको सारिरीक मानसिक दुब्र्यवहार र यसमा जोगिएको सवै पक्षबारे निश्पक्ष छानविनको माग गर्दछ,’ मन्त्री बाँस्कोटालाई बुझाएको ज्ञापनपत्रमा महासंघले भनेको छ ।

पत्रकारलाई समाचार लेखेकै आधारमा साइवर क्राइममा मुद्दा लगाउने जस्तो आपत्तिजनक काम कसरी भयो, यस बिषयमा प्रेस काउन्सिल नेपाल र सम्बन्धित प्रहरी अधिकारीमाथि छानविन हुन्छ, सरकारले यसतर्फ प्रकृया अघि बढाइसकेको छ

महासंघको सोही मागप्रति सरकारको धारणा राख्दै मन्त्री बाँस्कोटाले काउन्सिल र प्रहरी दुवैमाथि छानविन हुने बताउनु भएको हो । नेपाल पत्रकार महासंघसहित सवै संघ संस्थाले प्रेस काउन्सिलको गलत सूचनाका आधारमा पत्रकार गिरीलाई प्रहरीले जानाजान झुठा मुद्दा लगाएर फसाउन खोजेको भन्दै छानविन गर्न रकारलाई सुझाएको थियो ।

मन्त्री बाँस्कोटाले हिजै पत्रकार महासंघको ज्ञापनपत्र बुझ्नु अघि प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाललाई मन्त्रालयमै बोलाएर घटनाबारे बिस्तृत जानकारी लिनुभएको थियो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -