५ बैशाख २०७६ । बालुवाटारको सरकारी जग्गा छोराको नाममा पास गर्ने सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का महासचिव तथा पूर्व अर्थमन्त्री विष्णु प्रसाद पौडेललाई राजीनामा दिन सल्लाह दिएको छू ।
बालुवाटारको ८ आना सरकारी जग्गा आफ्नो छोरा नवीन पौडेलको नाममा पास गरेपछि विवादमा मुछिएका नेकपाका महासचिव पौडेल जी, आलोचित बनिरहेका बेला नैतिकताको आधारमा पार्टी महासचिव पदबाट राजीनामा दिन सुझाव छ ।
लेखनीय सामाग्री त केही थिएन यद्यपि, यहाँको समाचार भाइरल भइरहँदा एउटा कार्यकर्ताको हैसियतले नलेखी बस्न सकिन ।
कमरेड वर्गीय मुक्तिको लागि लडेका तपाईको इतिहाँस आज उड्न बाँकी रहेको खरानी जस्तो भएको महशुस भएको छ । बुटवलको माटो र जनताले सम्मान गरेको भुलेर बालुवाटार नै किन्ने यहाँको अक्षम्य दुस्साहसको कालो झण्डाले सम्मान गर्दछु । उल्फाको धनले यहाँको राजनैतिक, सामाजिक सबै क्षेत्र तहसनहस भएको छ । साथै त्यो ८ आना जग्गा किन्न हुँदैन भन्ने तपाई जत्तिको मान्छेलाई पक्का थाहा हुनु पर्ने हो ।
२–३ कै महासचिव भएको हुँदा छानविन होला नहोला त्यो अर्कै कुरो हो । तर, म जस्ता, (नेताको मलद्वारलाई हरिद्वार नमान्ने) कार्यकर्ताको आन्तरिक (लाटो) छानविनले यो काण्ड सरासर तपाईको सम्पत्ति मोहको पराकाष्ट बाहेक केही होइन भन्ने बुझेको छु । रुपन्देहीबाट संसद भवन पहिलो पटक छिर्दा लगभग हराउने मान्छे आज कसरी बालुवाटार नै किन्न सक्छ ? उत्तर छ, कसैसँग ? पार्टी हामी जस्ता तलका मान्छेको पनि योगदानले बनेको हुँदा,पार्टीलाई माटोमा मिलाउनबाट जोगाउन र हाम्रो कुललाई कलंकित हुनबाट बचाउन महासचिव पदबाट राजीनामा गरी यो काण्डको सहज अवतरण गराइदिनु हुन सादर अनुरोध छ
क्रान्तिकारी अभिवादनसहित
बसन्त पौडेल जापानबाट









































