२०८३ जेठ ५, मंगलबार
३:०९:५५ राति
- ADVERTISEMENT -

पत्रकार पक्राउको विरोधमा पोखराका संचारमाध्यममा ‘ब्ल्याकआउट´

प्रकाशित मिति: २०७६ वैशाख ४, बुधबार

899
Shares

कास्की, ४ बैशाख २०७५ । पोखराका क्रियाशील पत्रकार तथा ताण्डव न्यूजका सम्पादक अर्जुन गिरीलाई सिआइबीले पक्राउ गरेको घटनाको विरोध गर्दै पोखराका सञ्चार माध्यमहरुले बुधबार पत्रिकामा कालो पोत्ने, रेडियो र टिभीका प्रशारण रोकेका छन् ।

महासंघ कास्कीले पोखराबाट प्रकाशित हुने बुधबारका सबै पत्रिकाहरुमा सम्पादकीय कोलममा कालो पोत्ने, रेडियो र टेलिभिजनमा विहान ६ बजे ९० सेकेण्ड प्रशारण बन्द गर्ने तथा अनलाईनहरुमा कालो ब्यानर राख्ने निर्णय गरेको हो ।

नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष दिपेन्द्र श्रेष्ठले मंगलबार विज्ञप्ती जारी गर्दै पोखराबाट प्रकाशित हुने सबै पत्रिकाले विरोध गर्दै सम्पादकीयमा कालो पोत्ने, टेलिभिजन र रेडियोले विहान ६ बजे देखि ९० सेकेण्ड प्रशारण रोक्ने, अनलाइनमा कालो स्कीप एड राख्न निर्देशन दिएको थियो ।

महासंघको विज्ञप्तीमा ताण्डव न्यूज साप्ताहिकका सम्पादक गिरी समाचार लेखेकै आधारमा साइबर अपराध अन्तर्गत मुद्दा पक्राउ पर्नु निन्दनिय भएको बताउँदै विनाशर्त पत्रकार गिरीलाई छोड्न पनि माग गरिएको छ । बाँकी आन्दोलनका कार्यक्रम महासंघले बैठक बसेर तय गर्ने अध्यक्ष दीपेन्द्र श्रेष्ठले जानकारी दिए ।

बतास अर्गनाइजेसनका सञ्चालक सदस्य विपेन्द्रराज बतास विरुद्ध ठगी विषयमा समाचार प्रकाशित गरेका गिरीलाई सोमबार केन्द्रीय सिआइबीले पक्राउ गरेको थियो ।

बतासले सिआइबीमा दर्ता गराएको साइबर अपराध सम्बन्धी मुद्दामा मंगलबार जिल्ला अदालत काठमाडौंले ३ दिन म्याद थप गरी थुनामा राख्ने आदेश गरेको छ ।

शाहीकालमा भएको थियो यस्तो
यस्तो किसिमको ब्ल्याकआउट शाहीकालमा मात्र भएको थियो । तत्कालीन राजा ज्ञानेन्द्र शाहले २०६१ साल मााघ १९ गते शाहीकाल लगाएपछि मिडियाहरुले चरणबद्ध रुपमा ब्ल्याकआउट गरेका थिए ।

तर कम्युनिष्ट सरकारकै पालामा समाचार लेखेकै भरमा पत्रकारलाई यसरी पक्राउ गरेर राख्नु अधिनायकवादकै पराकाष्ठा हो ।

कम्युनिष्ट सरकारको पालामा कम्युनिष्ट निकट पत्रकारले जेलमा बस्नुपर्नेलाई पत्रकारिता जगतले गम्भीर रुपले लिएको छ ।

अर्जुन गिरी कास्कीका प्रेस चौतारीका सचिव हुन् । सम्भवतः उनले परिकल्पना गरेभन्दा फरक प्रकृतिले सरकारले कार्वाही प्रक्रिया अगाडि बढाएको छ ।

पत्रकारिता साइवर अपराध हैन । यसका आफ्नै पक्रिया छन् । समाचार चित्त नबुझे प्रेस काउन्सिलमा उजुरी दर्ता गरेर कार्वाहीको प्रक्रिया अगाडि बढाउन सकिन्छ ।

पत्रकारहरु आन्दोलित
गिरीको कार्वाहीप्रति नेपाल पत्रकार महासंघले गम्भीर आपत्ति जनाएको छ । उसले गिरीलाई बिना सर्त रिहाइको माग गरेको छ । मंगलबार अनलाइन पत्रकार संघको आयोजनामा काठमााडैंको माइतीघर मण्डलामा पत्रकारिता क्षेत्रसँग सम्बन्धित संघ संस्थाहरुले विरोध प्रदर्शन गरे ।

अनलाइन संचार माध्यममा प्रकाशित समाचारलाई प्रहरीले विद्युतीय कारोबार ऐन अनुसार पक्राउन गर्न नमिल्ने पत्रकारिता क्षेत्रसँग सम्बन्धित संघ संस्थाका प्रतिनिधिले बताए । नेपाल पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्यले समाचारको विषयलाई विद्युतीय कारोबार ऐनसँग जोड्नु आपत्तिजनक विषय भएको धारणा राखे ।

विद्युतीय कारोबार ऐनको दफा ४७ र ४८ ले पत्रकारलाई संविधान प्रदत्त अधिकार प्रयोग गर्न अवरोध सिर्जना गरेकोले सो दफा नै खारेज गर्नुको विकल्प नभएको अध्यक्ष आचार्यको भनाइ छ ।

महासंघका महासचिब रमेश विष्टले पत्रकारमाथिको गैरकानुनी पक्राउ विरुद्ध देशव्यापी आन्दोलन गर्नुपर्ने अवस्था सिर्जना भएको बताएका छन् ।

उनले स्वतन्त्र पत्रकारितामाथि बन्देज लगाउने र स्वतन्त्रतापूर्वक पत्रकारिता गर्न नपाउने अबस्था सिर्जना गर्न सरकारले विद्युतीय कारोबार ऐनको सहायता लिएको बताउँदै सरकारको यस्तो कार्यशैली विरुद्ध सडक संघर्ष गर्नुपर्ने अबस्था आउन सक्ने चेतावनी दिएका छन् ।

जिप्रका कास्कीको गेट अगाडि धर्ना
गिरीको रिहाईको माग गर्दै कास्कीका पत्रकारहरुले जिल्ला प्रहरी कार्यालय कास्कीको गेट अगाडि मंगलबार धर्ना दिए । साइबर क्राईम मुद्दामा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सिआइबीको हिरासतमा रहेका पत्रकार गिरीको रिहाईको माग गर्दै कास्कीका पत्रकारहरुले धर्ना दिएका हुन् ।

समाचार लेखेकै कारण दर्ता भएको अनलाइनबाट समाचार प्रकाशित हुँदा पत्रकारलाई अवैधानिक तवरबाट झुटा मुद्दा लगाई हिरासतमा लिइनु गैरकानूनी कार्य भएको नेपाल पत्रकार महासंघ कास्की शाखाका अध्यक्ष दीपेन्द्र श्रेष्ठले बताए ।

दर्ता भएको अनलाइनलाई दर्ता छैन भनेर गलत सूचना दिने प्रेस काउन्सिलका कर्मचारीलाई समेत उनले कारवाहीको माग गरे ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
153.25
153.85
EUR
European Euro
1
178.17
178.87
GBP
UK Pound Sterling
1
204.21
205.01
CHF
Swiss Franc
1
194.71
195.48
AUD
Australian Dollar
1
109.58
110.01
CAD
Canadian Dollar
1
111.46
111.89
SGD
Singapore Dollar
1
119.66
120.13
JPY
Japanese Yen
10
9.65
9.69
CNY
Chinese Yuan
1
22.50
22.59
SAR
Saudi Arabian Riyal
1
40.84
41.00
QAR
Qatari Riyal
1
42.06
42.23
THB
Thai Baht
1
4.69
4.71
AED
UAE Dirham
1
41.72
41.89
MYR
Malaysian Ringgit
1
38.79
38.94
KRW
South Korean Won
100
10.23
10.27
SEK
Swedish Kroner
1
16.22
16.28
DKK
Danish Kroner
1
23.84
23.93
HKD
Hong Kong Dollar
1
19.57
19.65
KWD
Kuwaity Dinar
1
500.24
502.20
BHD
Bahrain Dinar
1
406.34
407.93
OMR
Omani Rial
1
398.05
399.61
- ADVERTISEMENT -