बागलुङ, बैशाख ४

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले ढोरपाटनमा पुग्ने पर्यटकलाई बडिगाडमा र्याफ्टीङ गराएर फर्काउने गरी योजना वनाउनुपर्ने र त्यसको लागी सहयोग गर्न आफू तयार रहेको बताउनु भएको छ।

बागलुङको खर्वाङमा बडिगाड खोलामा पहिलो पटक र्याफ्टीङको उद्घाटन गर्दै मन्त्री विष्टले राज्यको श्रोतको महत्वपूर्ण योगदान पर्यटन भएको भन्दै नदीको भरपूर प्रयोग हुनुपर्ने वताउनु भएको हो। सरकारले जहाँ जे को सम्भावना छ त्यही काम गरी देशलाई सम्वृद्धि तिर लैजान लागेको खुलासा गर्दै मन्त्री बिष्टले काठमाडौंमा रेल चलाउने गरि तयारी गरिरहेको बताउनु भएको छ। आगामी बजेटको सन्दर्भमा वोल्दै मन्त्री विष्टले प्रत्येक पालिकामा कम्तिमा ४ सय युवाहरुलाई रोजगारी दिने कार्यक्रम संचालन गर्ने बताउनु भयो।

मन्त्रि विष्टले सामाजिक सुरक्षाको दायरा बढाउँदै लैजाने, वृद्धवृद्धाको भत्ता बढाउने बताउनु भएको छ।

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्