२०८३ वैशाख २८, सोमबार
८:४१:०५ बिहान
- ADVERTISEMENT -

बुद्ध एयरले भन्यो, ‘सञ्चारमन्त्रीलाई कुरेको भए सबैलाई भैरहवामा राख्न पर्ने सम्भावना थियो’

प्रकाशित मिति: २०७६ वैशाख ४, बुधबार

1118
Shares

काठमाडौं, ४ बैशाख २०७६ । बुद्ध एयरले सोमबार भैरहवाबाट काठमाडौं आउने क्रममा ३० मिनेट उडान स्थगित गर्न नसक्नुको कारण पेश गरेको छ । सोमबार भैरहवाबाट काठमाडौं आउन लागेका सञ्चारमन्त्री गोकुप्रसाद बाँस्कोटा छुटेको भन्ने समाचार आएपछि बुद्ध एयरले यस्तो स्पष्टिकरण पेश गरेको हो ।

बुद्ध एयरले मंगलबार जारी गरेको विज्ञप्तीमा यदि बाँस्कोटालाई ३० मिनेट कुर्नु परेको भए विमानमा बसिसकेका ६८ जना यात्रुलाई मौसमका कारण काठमाडौं ल्याउनै नसक्ने सम्भावना समेत रहेको स्पष्ट पारेको हो। एयरले काठमाडौं–भैरहवाको उडान नं ८५७, उडान समय ४ बजेको सट्टा काठमाडौं विमानस्थलको मर्मत र मौसमको खराबीको कारणले बेलुका ७ बजे उडेको र अवतरण ७ बजेर ३२ मिनेटमा भएको समेत एयरले स्पष्ट पारेको छ।

विमानस्थलका कर्मचारीहरुले मन्त्रीको उडान काठमाडौं आउने कार्यतालिका स्थगित भएको भनेर भैरहवा विमानस्थलका कर्मचारीले जानकारी दिएको र पछि उडान गर्नको लागि सबै यात्रुहरुलाई विमानमा बसालिसकेवछि मात्रै उनी आउने जानकारी आएको पनि विज्ञप्तीमा भनिएको छ ।

‘मौसम खराबीको कारण सो उडान यात्रु भरेर तुरुन्तै काठमाडौं फर्कनुपर्ने वाध्यता रहेको थियो। त्यसै अनुरुप सबै यात्रुहरुलाई विमानमा बसालिसकेका थियौं। त्यसको केही क्षणमै सहायक प्रमुख जिल्ला अधिकारीले फोन गरेर उडान रोक्नु, मन्त्रीज्यू र उहाँको टोली करिब २०–२५ मिनेट दुरीमा रहेको होटल टाइगर प्यालेस रिसोर्टबाट हिँड्नु हुने भन्ने जानकारी दिनुभयो।’ विज्ञप्तीमा भनिएको छ ‘यदि अर्को ३०–३५ मिनेट कुर्नुपरेको भए मौसमी कारणले सो उडान भैरहवामै रात्री विश्राम गर्नुपर्ने अवस्था आउनसक्थ्यो जसबाट बाँकी ६८ जना यात्रुलाई असुविधाका साथै आर्थिक व्ययभार पनि बेहोर्नुपथ्र्यो।’

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
150.88
151.48
EUR
European Euro
1
177.83
178.53
GBP
UK Pound Sterling
1
205.71
206.53
CHF
Swiss Franc
1
194.32
195.09
AUD
Australian Dollar
1
109.34
109.78
CAD
Canadian Dollar
1
110.32
110.76
SGD
Singapore Dollar
1
119.08
119.55
JPY
Japanese Yen
10
9.63
9.67
CNY
Chinese Yuan
1
22.19
22.27
SAR
Saudi Arabian Riyal
1
40.22
40.38
QAR
Qatari Riyal
1
41.42
41.58
THB
Thai Baht
1
4.68
4.70
AED
UAE Dirham
1
41.08
41.24
MYR
Malaysian Ringgit
1
38.48
38.63
KRW
South Korean Won
100
10.32
10.36
SEK
Swedish Kroner
1
16.37
16.44
DKK
Danish Kroner
1
23.80
23.89
HKD
Hong Kong Dollar
1
19.27
19.35
KWD
Kuwaity Dinar
1
492.75
494.71
BHD
Bahrain Dinar
1
399.84
401.43
OMR
Omani Rial
1
391.89
393.45
- ADVERTISEMENT -