एजेन्सी , १ बैशाख २०७६ । फिलिपिन्सको एक गुफामा मानवको नयाँ प्रजातिको अवशेष फेला परेको छ । वैज्ञानिकहरुका अनुसार लोप भईसकेको यो नयाँ प्रजातिको अवशेष फिलिपिन्सको सबैभन्दा ठुलो द्धिप लुजोनमा पाइएको हो ।
वैज्ञानिहरुले यो प्रजातिको नाम होमो लुजोनेसिस राखेका छन् ।
यो प्रजातिमा पाइने केही–केही भौतिक विशेषताहरु प्राचीन मानव प्रजातीहरु र आजको मानव प्रजातिसँग मिल्दो जुल्दो रहेको छ ।
प्राचीन मानवको यो सम्बन्ध अफिकासँग जोडिएको हुनसक्छ जुन पछि दक्षिण पुर्व एशियामा आएर बसेको हुन सक्ने अनुमान वैज्ञानिहरुले लगाएका छन् । यी अवशेषहरुको खोजबाट पहिला यस्तो हुनु लगभग असम्भव मानिएको छ ।