२०८३ जेठ ३, आइतबार
६:१६:५१ बेलुका
- ADVERTISEMENT -

नेपालमा ‘पब्जी’ खेल प्रतिबन्ध

प्रकाशित मिति: २०७५ चैत २८, बिहीबार

1038
Shares

काठमाडौँ, २८ चैत्र २०७५ । नेपाल दूरसञ्चार प्राधिकरणले नेपालमा पब्जी खेल प्रतिबन्ध लगाएको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोको विशेष आग्रहमा प्राधिकरणले पब्जी खेल बन्द गर्न सबै इन्टरनेट सेवा प्रदायकहरुलाई निर्देशन दिएको हो ।

प्राधिकरणका प्रवक्ता मीनप्रसाद अर्यालले प्रहरीको आग्रहमा आजै इन्टरनेट प्रदायकहरुलाई पब्जी खेल डाउनलोड र खेल्ने कार्य लागि रोक्न‍का लागि पत्र पठाइएको जानकारी दिनुभयो ।

बालबालिका र किशोरकिशोरीमाझ लोकप्रिय खेल पब्जीले मानसिक समस्या निम्त्याएको भन्दै यसलाई तत्काल बन्द गर्नुपर्ने सुझाव विज्ञहरूले दिएका छन् ।

यो खेलले हिंसाप्रति उनीहरूको लगाब बढेको मनोचिकित्सकहरू बताउँछन् । खेलाडीहरूको अज्ञात युद्धस्थल अर्थात् ‘प्लेयर्स अननोन बेटल ग्राउन्ड (पब्जी) अति खेल्ने बालबालिकामा मानसिक असन्तुलनसमेत देखिएकाले यसलाई उनीहरूको पहुँचबाट टाढा राख्नुपर्ने निष्कर्षमा मनोविद्हरू पुगेका हुन् । ‘पब्जी खेलमा हिंसा हुने भएकाले खेल्नेहरूमा बिस्तारै हिंस्रक व्यवहार देखिन थाल्छ,’ युवा मनोपरामर्शदाता सुनिल अधिकारी भन्छन्, ‘त्यसको प्रभाव बढ्दै गएर धेरै बालबालिका र किशोरको मानसिक सन्तुलन नै खलबलिएको छ ।’

हिंसालाई प्रोत्साहन गर्ने खेल पब्जीले एउटा पुस्ता नै बिगार्ने संकेत देखिएको भन्दै उनले थपे, ‘सरकारले तत्काल यसलाई प्रतिबन्ध लगाउनुपर्छ ।’ पब्जी भनेको दुईविपरीत समूहका लडाकुहरू कुनै अज्ञातस्थलमा हातहतियारबाट सुसज्जित भई एकले अर्कालाई सक्दो घातक हतियार प्रहार गरी मार्ने काममा अघि बढ्ने खेल हो ।

२०१७ मा दक्षिण कोरियाको ब्लु होल भन्ने कम्पनीले सार्वजनिक गरेको अनलाइन खेल पब्जीमा एकै पटक ६ जनासम्मले काल्पनिक युद्ध गर्न सक्छन् । मनोविद्हरूका अनुसार अर्को पक्षलाई जति मार्‍यो उति खेलाडीको प्रगति हुने यो खेलमा घण्टौंघण्टा बिताएका बच्चाहरू वास्तविक जीवनमा पनि मार्ने र जित्ने भावनाले उत्प्रेरित हुने गर्छन् ।

बाल मनोविद् वासु आचार्यका अनुसार अधिकांश बालबालिकाहरू अहिले पब्जीका अम्मली भएका छन् । पब्जीले मानसिक असन्तुलनको अवस्थामा पुगेका बालकहरू उनकोमा दिनहुँ उपचार गराइमाग्न आउँछन् । तिनैमध्येका हुन्, धरानका एक दसवर्षे बालक । जागिरे दम्पतीका सन्तान उनलाई पब्जीको यस्तो लत लाग्यो कि, कक्षामै बस्न नसक्ने भए ।

‘पब्जीमा उनी यति डुबिसकेका थिए कि हातमा मोबाइल नहुँदा छटपटाहट भएर शौच आउलाजस्तो भावले उनलाई बिरामीजस्तो बनाउँथ्यो,’ आचार्य भन्छन्, ‘मोबाइल दिएपछि भने उनी फेरि दुरुस्त भएजस्ता हुन्थे ।’ धरानदेखि काठमाडौं आइरहन ती बालकका परिवारलाई व्यावहारिक नभएकाले अनलाइनबाटै मनोविद् आचार्यले मनोपरामर्श गरिरहेका छन् ।

पब्जीले बिगारेका बच्चाहरूको यस्ता थुप्रै उदाहरणहरू डा. आचार्यसँग छ । सात कक्षामा पढ्ने एक बच्चाले आफ्नै बाआमालाई नै थुक्ने र लात्तले हान्ने व्यवहार देखाएपछि उपचारका लागि उनकोमा ल्याए । संसारभरिकै बालबालिकाका माझ छिट्नै नै लोकप्रिय भएको पब्जीले यस्तै विकारहरू धेरै ठाउँमा देखाउन थालेपछि यसलाई प्रतिबन्ध लगाउने क्रम पनि सुरु भएको छ । जस्तो कि, पछिल्लो समय भारतको गुजरात राज्यले यसलाई खेल्न प्रतिबन्ध मात्र लगाएन, खेल्नेहरूलाई पनि पक्राउ गर्‍यो ।

‘नेपालमा पनि त्यो गर्नुपर्छ किनभने यसले बालबालिकाको सिर्जनात्मक क्षमता पूर्णरूपमा मारिदिने गरेको छ,’ आचार्य भन्छन् । विश्व स्वास्थ्य संगठनले गत वर्ष यस्ता खालको लक्षणलाई मानसिक असन्तुलन भनेर प्रमाणितसमते गरिसकेको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
153.25
153.85
EUR
European Euro
1
178.38
179.08
GBP
UK Pound Sterling
1
204.95
205.75
CHF
Swiss Franc
1
195.12
195.89
AUD
Australian Dollar
1
109.73
110.16
CAD
Canadian Dollar
1
111.47
111.91
SGD
Singapore Dollar
1
119.81
120.28
JPY
Japanese Yen
10
9.67
9.71
CNY
Chinese Yuan
1
22.50
22.59
SAR
Saudi Arabian Riyal
1
40.84
41.00
QAR
Qatari Riyal
1
42.04
42.21
THB
Thai Baht
1
4.70
4.72
AED
UAE Dirham
1
41.73
41.89
MYR
Malaysian Ringgit
1
38.79
38.94
KRW
South Korean Won
100
10.23
10.27
SEK
Swedish Kroner
1
16.26
16.32
DKK
Danish Kroner
1
23.87
23.96
HKD
Hong Kong Dollar
1
19.57
19.65
KWD
Kuwaity Dinar
1
500.24
502.20
BHD
Bahrain Dinar
1
406.34
407.93
OMR
Omani Rial
1
398.05
399.61
- ADVERTISEMENT -