- ADVERTISEMENT -

ब्यक्तिगत स्वार्थभन्दा माथी उठेर रास्ट्रिय स्वार्थमा लाग्न प्रदीप पौडेलको अनुरोध

April 11, 2019
773
Shares
- ADVERTISEMENT -

काठमाडौं, २८ चैत्र २०७५ । नेपाल वित्तिय संस्था कर्मचारी संघ, कर्मचारी सञ्चय कोषले आफ्नो २९ औं स्थापना दिवस तथा नयाँवर्ष २०७६ सालको शुभकामना आदानप्रदान कार्यक्रम नेपाली कांग्रेसका प्रभावशाली केन्द्रिय सदस्य प्रदिप पौडेलको प्रमुख आतिथ्यतामा संस्थाकै सभाहल ठमेलमा सम्पन्न गरेको छ ।

सोही अबसरमा युवा नेता पौडेलले नयाँ वर्षको शुभकामना दिनुहुदै नयाँ संरचना सहितको नेपालमा सञ्चय कोषलाई पनि नयाँ बनाउने कुरामा ईंगित गर्दै सञ्चयकोषको नेतृत्वले सञ्चयकोषमा जम्मा भएको पूजीँलाई सहि ठाँउमा योजना बनाउदै लगानी गर्न सुझाव दिनुभयो ।

- ADVERTISEMENT -

Advertisement

देशमा प्रयाप्त पैसा जम्मा भएर खुम्चिएर बसेको छ तर हामी लगानी सम्मेलन गर्दैछौ र पैसा जुटाउदै छौ, अब सबैले व्यक्तिगत स्वार्थभन्दा माथि उठेर राष्ट्रिय स्वार्थका लागी समृद्धिमा सहयोग पुराउन अाग्रह गर्नुभएको थियो ।

अब पेन्सन फण्डको जिम्मा समेत यही संस्थाले लिएपछि यसको व्यवस्थापन र सांगठनिक संरचना चुस्तदुस्त वनाउन सुझाब दिनुभयो। यसका साथै स्वास्थ्य बिमा अभियानको पुर्ण सफलताको कामना गर्दै सराहाना गर्नुभएको थियो ।

फरक प्रसंगमा, वर्तमान दुईतिहाई सरकारले चौध महिनासम्म कुनै पनि काम गर्न नसकेको खाली हावा गफमा अलमलिएको आरोप लगाउदै सम्पुुर्ण जनताको हकहितमा काम गरी अगाडि बढ्न सुझाब दिदै प्रधानमन्त्रिलाई झिनामसिना काममा नअल्झिन आग्रह गर्नुभएको थियो ।

त्यसैगरी, प्रशासकीय प्रमुख तुलसीप्रसाद गौतमले नयाँवर्षको शुभकामना मन्तब्य संगसंगै कर्मचारीको हकहितमा काम गर्ने र संस्थाको दायरा प्रष्ट पार्दै नीतिनियममा अब्बल भूमिका देखाउन लागिराग्ने र सस्थालाई बिस्तारै अफिसरियल भूमिकामा लैजादै तल्ला तहका कर्मचारी कम गर्दै जाने,र पेन्सन फण्डका लागि अन्तिम तहमा पुगेको र बिभाग समेत बनेको जानकारी गराउनुभएको थियो। कोषले नयाँ भवन बनाउने काममा पनि तिब्रता दिएको र कर्मचारिको सेवासर्तलाई पुनरावलोकन गर्ने र संस्थालाई स्वाग्राहिमैत्रि वनाउने जानकारी गराउनुभएको थियो ।

सस्थाका अध्यक्ष अर्जुनप्रसाद आचार्यको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -