२०८३ वैशाख २८, सोमबार
९:२९:०४ बिहान
- ADVERTISEMENT -

ब्रेक्जिटबारे निर्णय लिन बेलायतलाई अक्टाेबर ३१ सम्मकाे समय दिने इयूकाे निर्णय

प्रकाशित मिति: २०७५ चैत २८, बिहीबार

858
Shares

ब्रसेल्स, २८ चैत्र २०७५ । बेलायत युरोपेली संघ (इयू)बाट बाहिरिने मिति केही समय पछि सार्न सहमति जुटेकाे छ। ब्रसेल्समा बुधबार बसेको इयूकाे आकस्मिक बैठकले आगामी अक्टाेबर ३१ सम्मका लागि बेलायतलाई इयूबाट बाहिरिन/नबाहिरिने निर्णय गर्न दिइएकाे युरोपेली परिषद्‌ अध्यक्ष डोनाल्ड टस्कले बताए।

आकस्मिक रुपमा बाेलाइएकाे साे बैठक करिब ५ घण्टासम्म चलेकाे थियाे। बैठकपछि टस्कले भने, ‘ब्रिटिस मित्रहरुलाई हामीले सन्देश दिएका छौं कि कृपया यसपटक समय बर्बाद नहाेस्।’

आयरिस ताओइसिच लियो वराडकरले बेलायतका लागि अब मेमा हुने युराेपेली चुनावसम्म पर्खिनुपर्ने यात बिना कुनै सम्झाैता इयूबाट बाहिरिनुपर्ने अवस्था रहेकाे बताए।

बेलायती प्रधानमन्त्री थेरेसा मेले नेताहरुसँग सुरुमै बेलायतकाे बहिर्गमनकाे मिति आगामी शुक्रबारदेखि ३० जुनसम्मका लागि सार्न चाहेकाे बताएकी थिइन्।

ब्रेक्जिटबारे स्थानीय समयअनुसार बुधबार दिनकाे २ः१५ मा भएकाे पत्रकार सम्मेलनमा अध्यक्ष टस्कले थपिएकाे समयमा निर्णय लिने पूर्ण अधिकार बेलायतकाे पक्षमा छाडिएकाे बताए। ‘बेलायतले थपिएकाे समयभित्र ब्रेक्जिटबारे पुनर्विचार गर्न सक्नेछ’, उनले भने, ‘यात नियम ५० लाई फिर्ता लिने र ब्रेक्जिटलाई सँधैका लागि रद्द गर्ने विकल्प छान्न सक्नेछ।’

युराेपेली संघकाे बैठक बेलायतलाई ब्रेक्झिटबारे निर्णय लिन थप समय दिने सम्बन्धमा विभाजित भएकाे थियाे। वराडकरले भने आगामी जुनमा हुने संघकाे नियमित बैठकमा यस सम्बन्धमा थप छलफल हुने समेत बताए।

इयूका अधिकारीहरुले ५ घण्टासम्म छलफल गरी बेलायतलाई ६ महिनाकाे समय दिने निर्णय गरेपछि प्रधानमन्त्री मेलाई पुनः बैठक स्थलमा डाकिएकाे थियाे। यसअघि प्रधानमन्त्री मेले बैठकमा एक घण्टाभन्दा बढी समय सम्बाेधन गर्दै आगामी ३० जुनसम्मकाे समय दिन माग गरेकी थिइन्। उनले ब्रेक्जिटका लागि समय थप्न आग्रह गरेकाे याे दाेस्राे पटक थियाे।

३ पटकसम्म पनि प्रधानमन्त्री मेले बेलायत युराेपेली संघबाट बाहिरिने सम्बन्धमा तयार प्रस्तावमा सांसदहरुकाे बहुमत जुटाउन नसकेपछि बेलायतकाे बहिर्गमन अन्याेलमा परेकाे थियाे। यसअघि गत मार्च २९ मै ब्रेक्जिटबारे निर्णय लिन बेलायतलाई समय दिइएकाे थियाे।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
150.88
151.48
EUR
European Euro
1
177.83
178.53
GBP
UK Pound Sterling
1
205.71
206.53
CHF
Swiss Franc
1
194.32
195.09
AUD
Australian Dollar
1
109.34
109.78
CAD
Canadian Dollar
1
110.32
110.76
SGD
Singapore Dollar
1
119.08
119.55
JPY
Japanese Yen
10
9.63
9.67
CNY
Chinese Yuan
1
22.19
22.27
SAR
Saudi Arabian Riyal
1
40.22
40.38
QAR
Qatari Riyal
1
41.42
41.58
THB
Thai Baht
1
4.68
4.70
AED
UAE Dirham
1
41.08
41.24
MYR
Malaysian Ringgit
1
38.48
38.63
KRW
South Korean Won
100
10.32
10.36
SEK
Swedish Kroner
1
16.37
16.44
DKK
Danish Kroner
1
23.80
23.89
HKD
Hong Kong Dollar
1
19.27
19.35
KWD
Kuwaity Dinar
1
492.75
494.71
BHD
Bahrain Dinar
1
399.84
401.43
OMR
Omani Rial
1
391.89
393.45
- ADVERTISEMENT -