- ADVERTISEMENT -

लिवियाको राजधानी विद्रोहीले कब्जामा, नेपाली शान्ति सैनिक सुरक्षित

April 9, 2019
1071
Shares
- ADVERTISEMENT -

एजेन्सी, २६ चैत्र २०७५ । अफ्रिकी मुलुक लिवियामा कार्यरत नेपाली सेना सुरक्षित रहेको सैनिक मुख्यालयले जनाएको छ । केहीदिन देखि लिबियामा बिद्रोही समुह लिवियन नेशलन आर्मीले राजधानी त्रिपोली कब्जा गर्न थालेपछि त्यहां कार्यरत नेपाली सेनाको अवस्था सामान्य रहेको पनि मुख्यालले जनाएको छ ।

सो बिद्रोही समुहले राजधानी कब्जा गर्न खोजेपछि त्यहौ भिषण संघर्ष भएको छ ।

- ADVERTISEMENT -

Advertisement

गत शुक्रबार संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटोरेज तथा विद्रोही नेता खलिफा हफ्तारबीच लिवियाको बेङ्घाजीमा वार्ता भएको थियो । वार्ता निष्कर्षहिन भएपछि विद्रोही नेता खलिफाले आफ्नो समुहलाई सैनिक कार्वाहीको निरन्तरताको लागि निर्देशन दिएपछि त्यहांको अवस्था असामान्य बन्दै गएको थियो ।

विद्रोही समुहले त्रिपोलीस्थित अन्तर्राष्ट्रिय विमानस्थललाई ‘नो फ्लाई जोन’ घोषणा गरेपनि त्रिपोलीबाट ट्युनिशिया जाने सडकमार्गलाई भने चालु राखेका छन ।

- ADVERTISEMENT -

Advertisement

त्रिपोलीमा राष्ट्र संघको सहयोगकालागि तैनाथ शान्ति सेनालाई बिद्रोहीले सडकमार्गको प्रयोग गरी छिमेकी राष्ट्र ट्युनिशिया जान दिएपछि त्यहा ंरहेका राष्ट्र संघका शान्ति सैनिकहरु ट्युनिसिया जान थालेका छन ।

संयुक्त राष्ट्रसंघका महासचिवका विशेष प्रतिनिधि तथा उक्त मिशनका प्रमुख घासन सलामे लगायत मिशनका उच्च पदस्थ पदाधिकारीहरु हालसम्म पनि राजधानी त्रिपोलीस्थित मिशन हेडक्वार्टरमा नै रहेका छन ।

मिशन हेडक्वार्टर तथा मिशन हेडक्वार्टरमा कार्यरत रहेका यूएन स्टाफहरुको सुरक्षाको जिम्मा संयुक्त राष्ट्रसंघिय शान्ति स्थापनाथ अन्तर्गत त्रिपोलीमा रहेका २३१ जना नेपाली शान्ति सैनिकले सुरक्षा दिइरहेका छन ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -