अमेरिका, चैत २५, २०७५ । अमेरिकाकी होमल्याण्ड सेक्युरिटी मन्त्री कर्स्टजेन निएल्सनले राजीनामा दिनुभएको छ ।
उहाँले आफ्नो राजीनामा पत्रमा कारण भने खुलाउनु भएको छैन, तर राजीनामाका लागि यो समय उपयुक्त रहेको उल्लेख गर्नुभएको छ ।
सीमा सुरक्षा सम्बन्धी राष्ट्रपति डोनाल्ड ट्रम्पका केही विवादस्पद नियमहरु कार्यान्वयन गरेको मन्त्री कर्स्टजेनले राजीनामा दिनुभएको हो ।
उहाँको कार्यकालमा प्रस्तावित सीमा पर्खाल तथा आप्रवासी परिवारलाई विभाजन गर्नेसहितका नियम कार्यान्वयन भएका छन् ।