२०८३ जेठ ३, आइतबार
५:३५:३० बेलुका
- ADVERTISEMENT -

भूकम्पपछिको पुनःनिर्माणकार्यलार्ई प्रभावकारी बनाउन आग्रह

प्रकाशित मिति: २०७५ चैत २५, सोमबार

1285
Shares

काठमाडौं, २५ चैत्र २०७५ । राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले भूकम्पपछिको पुनःनिर्माणकार्यलार्ई प्रभावकारी बनाउन आग्रह गरेका छन् ।

राष्ट्रिय पुनःनिर्माण प्राधिकरण जिल्ला समन्वय समिति पर्वतको आइतबार सम्पन्न दोस्रो बैठकमा अध्यक्ष तिमिल्सिनाले पर्वत जिल्लामा पूर्ण क्षतिमा रहेका पाँच हजार २६९ को आवास निर्माणलाई पहिलो प्राथमिकतमा राख्न सरोकारवालालाई आग्रह गरे । उनले पहिले निजी आवासलाई मापदण्डअनुसार निर्माण गर्न ताकेता गर्न र त्यसपछि सार्वजनिक भवन, विद्यालय, स्वास्थ्यचौकीलगायतका संरचना निर्माणलाई ध्यान दिन निर्देशनसमेत दिए ।

भूकम्प गएको चार वर्ष पुग्नै लाग्दा पनि कतिपय पीडित अझै आवासविहीन बन्नुपरेको बताउँदै तिमिल्सिनाले पुनःनिर्माणलाई अब द्रूतगतिमा लैजान सुझाव दिए । कुनै पनि बहानामा निर्माणको काममा ढिलाइ नगर्न तिमिल्सिनाले निर्देशन दिँदै अनुदान लिने प्रक्रियामा झन्झट, प्राविधिक अभाव र जनशक्तिको अभाव देखाउनुभन्दा कसरी समाधान गर्न सकिन्छ भन्नेतर्फ जनप्रतिनिधि लाग्न जरुरी रहेको बताए ।

अहिले मुलुकमा काम गर्नका लागि कुनै पनि समस्या नरहेको बताउँदै झिना–मसिना समस्यालाई देखाएर कुनै पनि क्षेत्रमा ढिलासुस्ती गर्न नपाइने बताए । उनले प्राविधिकको समस्या पनि समाधान भइसकेकाले अब लाभग्राहीलाई रोकिएको किस्ता भुक्तानी दिन, नयाँ गुनासाको तल्काल सम्बोधन गर्न र छुटफुट भएकालाई पनि पुनः समावेश हुनेगरी काम गर्न आग्रह गरे ।

सो अवसरमा गण्डकी प्रदेशका उद्योग, पर्यटन वन तथा वातावरणमन्त्री विकास लम्सालले तीनै तहका सरकारले पुनःनिर्माणलाई तीव्रता दिनुपर्ने बताए । पूर्वाधार निर्माणका लागि अब कुनै पनि समस्या र जटिलता नरहेको बताउँदै निर्धारित विकास निर्माणका योजनालार्ई समयमै सम्पन्न गर्न सबैको सहयोग आवश्यक हुने बताए ।

राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका कार्यकारी सदस्य डा चन्द्रबहादुर श्रेष्ठले निजी आवास पुनःनिर्माणका लागि सरकारले तोकेको समय सकिनै लागेकाले यसलाई तत्काल सम्पन्न गराउन जनप्रतिनिधिको ठूलो सहयोग रहेको बताए । उनले प्राविधिक खटिनुभन्दा अघि नै निर्माण भएका लाभग्राहीलाई सामान्य सुझावसहित रु तीन लाख अब तत्काल वितरण गरिने पनि जानकारी दिए ।

उनले गुनासाहरुको सम्बोधन गर्न पर्वतमा सङ्कलन भएका गुनासा तत्काल राष्ट्रिय पुनःनिर्माण प्राधिकरणमा पठाउने र थप गुनासा सङ्कलन गर्ने, पहिलो किस्ता लिएकालाई दोस्रो किस्ता र दोस्रो किस्ता लिएकालाई तेस्रो किस्ता लिन ताकेता गर्ने काम भइरहेको बताए ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
153.25
153.85
EUR
European Euro
1
178.38
179.08
GBP
UK Pound Sterling
1
204.95
205.75
CHF
Swiss Franc
1
195.12
195.89
AUD
Australian Dollar
1
109.73
110.16
CAD
Canadian Dollar
1
111.47
111.91
SGD
Singapore Dollar
1
119.81
120.28
JPY
Japanese Yen
10
9.67
9.71
CNY
Chinese Yuan
1
22.50
22.59
SAR
Saudi Arabian Riyal
1
40.84
41.00
QAR
Qatari Riyal
1
42.04
42.21
THB
Thai Baht
1
4.70
4.72
AED
UAE Dirham
1
41.73
41.89
MYR
Malaysian Ringgit
1
38.79
38.94
KRW
South Korean Won
100
10.23
10.27
SEK
Swedish Kroner
1
16.26
16.32
DKK
Danish Kroner
1
23.87
23.96
HKD
Hong Kong Dollar
1
19.57
19.65
KWD
Kuwaity Dinar
1
500.24
502.20
BHD
Bahrain Dinar
1
406.34
407.93
OMR
Omani Rial
1
398.05
399.61
- ADVERTISEMENT -