Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
२:२७:५७ दिउँसो
- ADVERTISEMENT -

सरकारी निकायलाई पारदर्शी भएर काम गर्न निर्देशन

प्रकाशित मिति: २०७५ चैत २५, सोमबार

1092
Shares

काठमाडौं, चैत २५ । प्रधानमन्त्री केपी शर्मा ओलीले सबै सरकारी निकायलाई पारदर्शी भएर काम गर्न निर्देशन दिनुभएको छ । भ्रष्टचारविरुद्ध शुन्यसहनशिलता अपनाउदै भ्रष्टचारीविरुद्ध कडा रुपमा उत्रिनु भएका प्रधानमन्त्री ओलीले पारदर्शी भएर काम गर्न निर्देशन दिनुभएको हो । साथै उहाले परिणाम देखिने गरी काम गर्न पनि कडा निर्देशन दिनु भएको छ ।

गरिबी निवारण कोषको ७० औं सञ्चालक समितिको बैठकलाई सिंहदरवारमा सम्वोधन गर्दै उहाले भ्रष्टाचार हुन नदिन सबै सरकारी निकायलाई पारदर्शी ढंगले काम गर्न सचेत समेत गराउनु भयो । उहाले भ्रष्टचारको गन्ध पाए कोही कसैको अनुहार नहेरी कारवाही गर्ने समेत चेतावनी दिनुभयो ।

‘प्रधानमन्त्रीले हरेक संस्था परादर्शी ढंगले चल्नुपर्‍यो, भ्रष्टाचारका गन्ध आउनुभएन । परिणाम देखिने गरी काम गर्नुपर्‍यो भन्नु भएको छ’, बैठकपछि कोषका उपाध्यक्ष निर्मलकुमार भट्टराईले जानकारी दिनुभयो ।

कोषका अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले गरिबी निवारणको क्षेत्रमा गरेका कामको मूल्यांकन गरेर मात्रै गरिबी निवारण कोषको लागि आगामी आर्थिक वर्षको बजेटको व्यवस्था गर्ने बताएको उपाध्यक्ष भट्टराईले जनाउनु भयो ।

कोषले गरिबी निवारण कोषको आर्थिक क्रियाकलापको अनुमगन गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका सचिवको नेतृत्वमा ५ सदस्यीय समिति पनि बनाएको छ।

त्यसैगरी ३२ हजार गरिबी निवारण कोषसँग सम्बन्धित संस्थाहरुलाई बजेटसहित स्थानीय तहबाट सञ्चालन गर्ने निर्णय पनि गरेको छ । गरिबी निवारणसँग सम्बन्धित हाल ३२ हजार संस्थाहरु रहेका छन ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -