२०८३ जेठ ५, मंगलबार
३:११:१३ राति
- ADVERTISEMENT -

संविधानअनुरुप सङ्घीयतालाई बलियो बनाउन यो वर्ष कानून निर्माणको ऐतिहासिक वर्ष भएको ठोकुवा

प्रकाशित मिति: २०७५ चैत २४, आइतबार

922
Shares

चितवन, चैत २४

कानून, न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकालले संविधानअनुरुप सङ्घीयतालाई बलियो बनाउन यो वर्ष कानून निर्माणको ऐतिहासिक वर्ष भएको ठोकुवा गर्नुभएको छ ।

चितवनमा आज आयोजित कार्यक्रममा मन्त्री ढकालले तीन सय ३९ कानूनमध्ये अधिकांश कानूनलाई संविधान र सङ्घीयताअनुरुप बनाउने काम गरिएको प्रष्ट पार्नुभयो ।

‘जनतालाई अधिकारसम्पन्न बनाउने मौलिक हकमा रहेका कानून धेरै निर्माण भइसकेका छन, देवानी र फौजदारीसँग सम्बन्धित ऐन अघिल्लो वर्ष पास भएर यस वर्षबाट कार्यान्वयनमा आएको छ,’ मन्त्री ढकालले भन्नुभयो ।

संसद् गठन भएको एक वर्षभित्र संविधान र सङ्घीयता अनुकूल करीब दुई सय बढी कानून बनाउने काम सम्पन्न भएको जानकारी पनि मन्त्री ढकालले दिनुभयो । धेरै विषय सर्वभौम संसद्को समिति र संसदमा रहेको र छिटफुट विधेयक पनि अन्तिम तयारीमा रहेको उहाँको भनाई थियो । नयाँ अभ्यास भएकाले संविधान र सङ्घीयताअनुरुप बनाउनुपर्ने कानूनले प्राथमिकता पाउनु स्वाभाविक रहेको मन्त्री ढकालको भनाई छ ।

अन्तर प्रदेश परिषद् बैठकबाट कानून निर्माणको सन्दर्भमा कसरी जाने भन्ने विषयमा मूल खाका बनाइएको जानकारी पनि मन्त्री ढकालले दिनुभयो ।

प्रदेश लोकसेवा र भूउपयोग नीतिलगायत सम्बन्धित ऐन पास भइसकेको भन्दै उहाँले प्रदेश र स्थानीय तहमा ऐन कानून निर्माणका लागि केन्द्रका तर्फबाट मार्गप्रशस्त गरेको स्पष्ट पारे ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
153.25
153.85
EUR
European Euro
1
178.17
178.87
GBP
UK Pound Sterling
1
204.21
205.01
CHF
Swiss Franc
1
194.71
195.48
AUD
Australian Dollar
1
109.58
110.01
CAD
Canadian Dollar
1
111.46
111.89
SGD
Singapore Dollar
1
119.66
120.13
JPY
Japanese Yen
10
9.65
9.69
CNY
Chinese Yuan
1
22.50
22.59
SAR
Saudi Arabian Riyal
1
40.84
41.00
QAR
Qatari Riyal
1
42.06
42.23
THB
Thai Baht
1
4.69
4.71
AED
UAE Dirham
1
41.72
41.89
MYR
Malaysian Ringgit
1
38.79
38.94
KRW
South Korean Won
100
10.23
10.27
SEK
Swedish Kroner
1
16.22
16.28
DKK
Danish Kroner
1
23.84
23.93
HKD
Hong Kong Dollar
1
19.57
19.65
KWD
Kuwaity Dinar
1
500.24
502.20
BHD
Bahrain Dinar
1
406.34
407.93
OMR
Omani Rial
1
398.05
399.61
- ADVERTISEMENT -