- ADVERTISEMENT -

हवाहुरी प्रभावितहरुको घर निर्माणको जिम्मा नेपाली सेनालाई

April 5, 2019
1440
Shares
- ADVERTISEMENT -

काठमाडौं, चैत २२,२०७५ । सरकारले बारा र पर्साका हवाहुरी प्रभावितहरुको घर निर्माणको जिम्मा नेपाली सेनालाई दिएको छ । वर्षायाम अगावै सो भवन निर्माण गरी पीडितलाई हस्तान्तरण गर्ने गरी सेनालाई जिम्मा दिइएको हो ।

मन्त्रिपरिषद्को बिहीबार साँझ बसेको बैठकले वर्षायाम सुरु हुनुअघि नै प्रभावितहरुको घर निर्माण सक्नका लागि सेनालाई दिने निर्णय गरेको सञ्चार तथा सूचनाप्रविधिमन्त्री गोकुल बाँस्कोटाले जानकारी दिनुभयो । घर निर्माणका लागि प्रदेश–२ का प्रमुख सचिवको संयोजकत्वमा बारा र पर्साका प्रमुख जिल्ला अधिकारी, सहरी विकास र रक्षा मन्त्रालयका प्रतिनिधि रहेको समिति गठन गरिएको छ ।

- ADVERTISEMENT -

Advertisement

प्रभावितहरुको घर निर्माणको सम्पूर्ण खर्च सरकारले बेहोर्ने छ । तत्कालै बर्खा लाग्ने भएकाले छिटो निर्माण सक्नका लागि सरकारले सेनालाई जिम्मा दिएको मन्त्री बाँस्कोटाले जानकारी दिनुभयो ।

बिहीबार बिहान सातै प्रदेशका मुख्यमन्त्रीहरुसँग पनि प्रधानमन्त्री केपी शर्मा ओलीले यो विषयमा कुरा गर्नुभएको थियो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -