२०८३ जेठ ५, मंगलबार
४:०१:५७ बिहान
- ADVERTISEMENT -

राष्ट्रिय अभिलेखालयमा दैनिक कार्यालय सञ्चालन गर्न कठिनाई

प्रकाशित मिति: २०७५ चैत १८, सोमबार

1274
Shares

काठमाडौँ, चैत १८ । कार्यालयको स्तरोन्नति भएको आठ महीना बित्दासमेत जनशक्ति कम हुँदा राष्ट्रिय अभिलेखालयमा दैनिक कार्यालय सञ्चालन गर्न कठिनाई हुन थालेको छ ।

गत साउनमा अभिलेखालयको विभागस्तरमा स्तरोन्नति भएको थियो । त्यसअघिसम्म पुरातत्व विभागअन्तर्गत अभिलेखालय थियो ।

साउनपछि संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयले सिधैं हेर्न थालेको हो ।अभिलेखालयको वेवसाइटमा भने अझै विभाग अन्तर्गत नै कार्यालय रहेको उल्लेख छ ।

विभाग अन्तर्गत हुँदा ३७ जनाको दरबन्दी रहेको अभिलेखालयमा स्तरोन्नति भएपछि भने २० मा झरेको छ ।

सङ्घीय संरचनामा गएका कारण कर्मचारीको दरबन्दी घट्दै गएको जानकारी पाइएको अभिलेख शाखा प्रमुख निरणकुमार राजवंशीले बताउनुभयो ।

राजपत्राङ्कित प्रथम श्रेणीको अधिकृतले नेतृत्व गर्नुपर्नेमा आठ महीनासम्म मन्त्रालयले सहसचिव समेत पठाउन सकेको छैन ।

मन्त्रालयका प्रवक्ता घनश्याम उपाध्यायले सहसचिवस्तरको कर्मचारी अभाव रहेकाले अभिलेखालयमा कामुको जिम्मेवारी दिइएको बताउनुभयो ।

जनशक्ति अभाव भएको बारेमा अभिलेखालयबाट लिखित वा मौखिक जानकारी नआएको उहाँले बताउनुभयो ।

असारअघि विभागले अभिलेखालयलाई हेर्ने गरेकामा हाल सिधै मन्त्रालयले हेर्ने गरेको छ ।

लिपि बुझ्ने जनशक्ति नहुँदा पुराना कर्मचारीलाई बोलाएर तथा बाहिरबाट बोलाएर काम चलाउनु परेको अभिलेखालयका अभिलेख शाखा प्रमुख राजवंशीले बताउनुभयो ।

अभिलेखालयमा १२ हजार हस्तलिखित, पोकाको हस्तलिखित ठेली ३८ हजार, हालसम्म दुई लाख पानाको माइक्रोफिल्म गरिएका ऐतिहासिक अभिलेख छन् ।

यी अभिलेख अध्ययनका लागि दैनिक पाँच÷छ जना अध्ययन अनुसन्धानका लागि आउने गरेका छन् ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
153.25
153.85
EUR
European Euro
1
178.17
178.87
GBP
UK Pound Sterling
1
204.21
205.01
CHF
Swiss Franc
1
194.71
195.48
AUD
Australian Dollar
1
109.58
110.01
CAD
Canadian Dollar
1
111.46
111.89
SGD
Singapore Dollar
1
119.66
120.13
JPY
Japanese Yen
10
9.65
9.69
CNY
Chinese Yuan
1
22.50
22.59
SAR
Saudi Arabian Riyal
1
40.84
41.00
QAR
Qatari Riyal
1
42.06
42.23
THB
Thai Baht
1
4.69
4.71
AED
UAE Dirham
1
41.72
41.89
MYR
Malaysian Ringgit
1
38.79
38.94
KRW
South Korean Won
100
10.23
10.27
SEK
Swedish Kroner
1
16.22
16.28
DKK
Danish Kroner
1
23.84
23.93
HKD
Hong Kong Dollar
1
19.57
19.65
KWD
Kuwaity Dinar
1
500.24
502.20
BHD
Bahrain Dinar
1
406.34
407.93
OMR
Omani Rial
1
398.05
399.61
- ADVERTISEMENT -