२०८३ जेठ ५, मंगलबार
१०:००:५६ बिहान
- ADVERTISEMENT -

रोजगार संयोजक छनौटका लागि विहिवार आवेदन खुल्दै

प्रकाशित मिति: २०७५ फागुन २९, बुधबार

787
Shares

काठमाडौं, फागुन २९

पहिलो चरणमा रोजगार संयोजक छनौट हुने ठाँउमा विहिवार पुन आवेदन खुलाउने भएको छ । पदपूर्ति हुन बाँकी २३२ वटा स्थानीय तहमा आवेदन खुलाउन लागेको हो ।

७५३ वटै स्थानीय तहमा रोजगार संयोजक नियुक्तिका लागि यसअघि नै आवदेन लिए पनि आवश्यकता अनुसार पदपूर्ति नभएपछि फेरि आवेदन खुलाउने तयारी भएको प्रधानमन्त्री रोजगार कार्यक्रममा संयोजक प्रकाश दाहालले जानकारी दिनुभयो । पुरानै मापदण्डअनुसार खाली रहेका स्थानीय तहमा रोजगार संयोजकको पदपूर्ति गर्न लागिएको हो ।

यसपटक भने १० दिनको म्याद दिएर आवेदन मागिने भएको छ । प्रदेश १ मा आवश्यक १३० अधिकृत तहमध्ये ६७ जना मात्र पास भएका छन् भने नायव सुब्बामा ७ जना मागिएकोमा ५ जनाको मात्र उत्तीर्ण भएका छन् । प्रदेश १ मा सुब्बामा २ र अधिकृत तहमा ६३ जनाको पदपूर्ति हुन बाँकी छ । प्रदेश २ का आवश्यक १३६ अधिकृतमा ९८ जनाले मात्र नाम निकालेका छन् भने ११२ सुब्बा चाहिनेमा ९५ जना मात्र उत्तीर्ण भएका छन् । प्रदेश २ मा सुब्बामा १७ र अधिकृत तहमा ३८ जनाको पदपूर्ति हुन बाँकी छ ।

प्रदेश ३ मा ११२ जना अधिकृत तहका कर्मचारी माग भए पनि ९५ जना मात्र पास भएका छन् । प्रदेश ३ मा अधिकृत तहमा १७ स्थानमा पदपूर्ति हुन बाँकी छ । गण्डकी प्रदेशमा पनि ७४ जना अधिकृत तहका कर्मचारी चाहिएकोमा ६१ जनाले मात्र नाम निकालेका छन् ।

गण्डकी प्रदेशमा अधिकृत तहमा १३ जनाको पदपूर्ति हुन बाँकी छ । प्रदेश पाँचमा अधिकृत तहमा चाहिने जति उम्मेदवार पास भएका छन् । तर नासू तहमा ६२ जना माग भए पनि २० जनाले मात्र कम्प्युटर परीक्षा पास गरेका छन् । सुब्बा तहमा ४२ जनाको पदपूर्ति हुन बाँकी छ ।

कर्णाली प्रदेशमा ६२ अधिकृत मागिएकोमा २० जना मात्र उत्तीर्ण भएका छन् भने १७ जना सुब्बा चाहिनेमा ९ जनाले मात्र नाम निकालेका छन् । कर्णाली प्रदेशमा अधिकृत तहमा २० र सुब्बामा ८ स्थानमा पदपूर्ति हुन बाँकी छ । सुदूरपश्चिममा ८२ जना अधिकृत तहका रोजगार संयोजक मागिएकोमा ३३ जना मात्र उत्तीर्ण भएका छन् । सुदूरपश्चिम प्रदेशमा अधिकृत तहमा ४९ स्थानमा पदपूर्ति हुन बाँकी छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
153.86
154.46
EUR
European Euro
1
178.95
179.64
GBP
UK Pound Sterling
1
205.48
206.28
CHF
Swiss Franc
1
195.64
196.40
AUD
Australian Dollar
1
110.03
110.45
CAD
Canadian Dollar
1
111.89
112.32
SGD
Singapore Dollar
1
120.18
120.65
JPY
Japanese Yen
10
9.68
9.72
CNY
Chinese Yuan
1
22.63
22.71
SAR
Saudi Arabian Riyal
1
41.00
41.16
QAR
Qatari Riyal
1
42.21
42.38
THB
Thai Baht
1
4.71
4.72
AED
UAE Dirham
1
41.89
42.06
MYR
Malaysian Ringgit
1
38.69
38.84
KRW
South Korean Won
100
10.25
10.28
SEK
Swedish Kroner
1
16.31
16.38
DKK
Danish Kroner
1
23.94
24.04
HKD
Hong Kong Dollar
1
19.65
19.72
KWD
Kuwaity Dinar
1
501.50
503.46
BHD
Bahrain Dinar
1
407.95
409.55
OMR
Omani Rial
1
399.63
401.19
- ADVERTISEMENT -