- ADVERTISEMENT -
https://rbb.com.np
- ADVERTISEMENT -

रोजगार संयोजक छनौटका लागि विहिवार आवेदन खुल्दै

March 13, 2019
750
Shares
- ADVERTISEMENT -

काठमाडौं, फागुन २९

पहिलो चरणमा रोजगार संयोजक छनौट हुने ठाँउमा विहिवार पुन आवेदन खुलाउने भएको छ । पदपूर्ति हुन बाँकी २३२ वटा स्थानीय तहमा आवेदन खुलाउन लागेको हो ।

- ADVERTISEMENT -

Advertisement

७५३ वटै स्थानीय तहमा रोजगार संयोजक नियुक्तिका लागि यसअघि नै आवदेन लिए पनि आवश्यकता अनुसार पदपूर्ति नभएपछि फेरि आवेदन खुलाउने तयारी भएको प्रधानमन्त्री रोजगार कार्यक्रममा संयोजक प्रकाश दाहालले जानकारी दिनुभयो । पुरानै मापदण्डअनुसार खाली रहेका स्थानीय तहमा रोजगार संयोजकको पदपूर्ति गर्न लागिएको हो ।

यसपटक भने १० दिनको म्याद दिएर आवेदन मागिने भएको छ । प्रदेश १ मा आवश्यक १३० अधिकृत तहमध्ये ६७ जना मात्र पास भएका छन् भने नायव सुब्बामा ७ जना मागिएकोमा ५ जनाको मात्र उत्तीर्ण भएका छन् । प्रदेश १ मा सुब्बामा २ र अधिकृत तहमा ६३ जनाको पदपूर्ति हुन बाँकी छ । प्रदेश २ का आवश्यक १३६ अधिकृतमा ९८ जनाले मात्र नाम निकालेका छन् भने ११२ सुब्बा चाहिनेमा ९५ जना मात्र उत्तीर्ण भएका छन् । प्रदेश २ मा सुब्बामा १७ र अधिकृत तहमा ३८ जनाको पदपूर्ति हुन बाँकी छ ।

- ADVERTISEMENT -

Advertisement

प्रदेश ३ मा ११२ जना अधिकृत तहका कर्मचारी माग भए पनि ९५ जना मात्र पास भएका छन् । प्रदेश ३ मा अधिकृत तहमा १७ स्थानमा पदपूर्ति हुन बाँकी छ । गण्डकी प्रदेशमा पनि ७४ जना अधिकृत तहका कर्मचारी चाहिएकोमा ६१ जनाले मात्र नाम निकालेका छन् ।

गण्डकी प्रदेशमा अधिकृत तहमा १३ जनाको पदपूर्ति हुन बाँकी छ । प्रदेश पाँचमा अधिकृत तहमा चाहिने जति उम्मेदवार पास भएका छन् । तर नासू तहमा ६२ जना माग भए पनि २० जनाले मात्र कम्प्युटर परीक्षा पास गरेका छन् । सुब्बा तहमा ४२ जनाको पदपूर्ति हुन बाँकी छ ।

कर्णाली प्रदेशमा ६२ अधिकृत मागिएकोमा २० जना मात्र उत्तीर्ण भएका छन् भने १७ जना सुब्बा चाहिनेमा ९ जनाले मात्र नाम निकालेका छन् । कर्णाली प्रदेशमा अधिकृत तहमा २० र सुब्बामा ८ स्थानमा पदपूर्ति हुन बाँकी छ । सुदूरपश्चिममा ८२ जना अधिकृत तहका रोजगार संयोजक मागिएकोमा ३३ जना मात्र उत्तीर्ण भएका छन् । सुदूरपश्चिम प्रदेशमा अधिकृत तहमा ४९ स्थानमा पदपूर्ति हुन बाँकी छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -