२०८३ जेठ ३, आइतबार
६:११:२८ बेलुका
- ADVERTISEMENT -

पालुङ्टारमा जारी : मेयरकप फुटबल प्रतियोगितामा देवचुली र गण्डकी क्वाटर फाइनलमा

प्रकाशित मिति: २०७५ फागुन २९, बुधबार

887
Shares

गोरखा, २९ फागुन २०७५ । गोरखाको पालुङ्टारमा जारी गण्डकी प्रदेश स्तरिय लिगलिग पालुङटार मेयर कप फुटबल प्रतियोगितामा देवचुली नगरपालिका र गण्डकी गउँपालिका क्वाटर फाईनलमा प्रबेश गरेका छन् ।

मंगलबार भएका दुई खेलबाट देवचुली नगरपालिका नवलपरासी र गण्डकी गाउँ पालिका गोरखा क्वार्टरफाईनलमा पुगेका हुन् ।

देवचुलीले शुक्लागण्डकी नगरपालिका तनहुँलाई २(१ गोल अन्तरले हराउदै क्वाटरफाईनलको यात्रा तय गरेको हो ।
यस्तै, दोस्रो खेलमा गल्याङ नगरपालिका स्याङजा अनुपस्थित भएपछि गण्डकी स्वतः क्वाटरफाईनल प्रबेश गरेको प्रतियोगिता का सदस्य सचिव किरण गिरीले जानकारी दिनुभयो ।

पुतलीबजार नगरपालिका स्याङजा र बेशीशहर नगरपालिका लमजुङ बिच सोमबार सम्पन्न खेलको निर्णय पनि परिवर्तन भएको छ । सो खेलमा बेशीशहर विजेता भएको थियो । तर उसले टिममा नियम विपरीत नगरपालिका भन्दा बाहिरका खेलाडी ल्याएको भन्ने उजुरीका अधारमा छानविन गर्दा पुष्टि भएपछि प्रतियोगिताको अनुशासन समितिले पुतलीबजारलाई क्वाटरफाईनल प्रबेश गर्ने बाटो खोलेको आयोजक समितिका प्रचार संयोजक सन्तोष पोखरेलले बताउनु भयो ।

पालुङटार नगरपालिका ५ हवाईग्राउण्डमा जारी प्रतियोगिता मा बुधबार दुई खेल हुने भएका छन् । पहिलो खेल दिउसो १२ बजे बारपाक सुलिकोट गाउँपालिका गोरखा र भानु नगरपालिका तनहुँबिच हुने भएको छ । दोस्रो खेल २ बजे गोरखा नगरपालिका गोरखा र कुस्मा नगरपालिका पर्वत बिच हुने गिरीले जानकारी दिनुभयो ।

प्रतियोगितामा प्रथम पुरस्कार नगद पुरस्कार २ लाख ३४ हजार ५ सय ६७ रुपैयाँ र द्धितिय पुरस्कार नगद १ लाख २३ हजार ४५६ रुपैयाँका साथमा ट्रफि, मेडल र प्रमाण पत्र छ ।

त्यसैगरी, सेमिफाइनलमा पुग्ने दुई टिमलाई नगद ५४ हजार ३२१ रुपैयाँ दिईनेछ । उत्कृष्ट खेलाडीले नगद १२ हजार ३ सय ४५ रुपैयाँ पुरस्कार पाउनेछन् । उत्कृष्ट गोलरक्षक, उत्कृष्ट अग्रपक्ति, उत्कृष्ट मध्यपक्ति, उत्कृष्ट रक्षक, उत्कृष्ट गोलकर्ताले जनही नौ हजार आठ सय ७६ रुपैयाँ पुरस्कार पाउनेछन् । पालुङटार नगरपालिकाको आयोजनामा भएको प्रतियोगितामा गण्डकी प्रदेशका १८ स्थानिय तह सहभागी छन् । प्रतियोगिता चैत ६ गतेसम्म चल्नेछ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
153.25
153.85
EUR
European Euro
1
178.38
179.08
GBP
UK Pound Sterling
1
204.95
205.75
CHF
Swiss Franc
1
195.12
195.89
AUD
Australian Dollar
1
109.73
110.16
CAD
Canadian Dollar
1
111.47
111.91
SGD
Singapore Dollar
1
119.81
120.28
JPY
Japanese Yen
10
9.67
9.71
CNY
Chinese Yuan
1
22.50
22.59
SAR
Saudi Arabian Riyal
1
40.84
41.00
QAR
Qatari Riyal
1
42.04
42.21
THB
Thai Baht
1
4.70
4.72
AED
UAE Dirham
1
41.73
41.89
MYR
Malaysian Ringgit
1
38.79
38.94
KRW
South Korean Won
100
10.23
10.27
SEK
Swedish Kroner
1
16.26
16.32
DKK
Danish Kroner
1
23.87
23.96
HKD
Hong Kong Dollar
1
19.57
19.65
KWD
Kuwaity Dinar
1
500.24
502.20
BHD
Bahrain Dinar
1
406.34
407.93
OMR
Omani Rial
1
398.05
399.61
- ADVERTISEMENT -