काठमाडौ फागुन २९ गते । सिके राउत संयोजक रहनुभएको स्वतन्त्र मधेश गठनबन्धले सरकारसँग भएको ११ बुँदे सम्झौताप्रति गम्भीर रहेको जनाएको छ ।

जनकपुरमा रहनुभएका गठबन्धनका सचिव चन्दन साहले गोरखापत्रसँग कुरा गर्दै सरकारसँग भएको सम्झौताप्रति गठबन्धन प्रतिवद्ध रहेको तर त्यसलाई अरूहरूले विवादमा ल्याइरहको दाबी गर्नुभयो । सहमति विपरीत गठबन्धनका केही कार्यकर्ताले गतिविधि गरेको स्विकार गर्दै उहाँले त्यसलाई सच्याउने र कार्यकर्तालाई सम्झाउने बताउनुभयो । सम्झौतामा जनअभिमत उल्लेख भएको भन्दैमा अहिले विवाद गर्नु उपयुक्त नरहेको उहाँले प्रष्ट पानुृभयो ।

संयोजक राउतको फेसबुकबाट आउने विषयमा आलोचना शुरु हुन थालेपछि त्यसबारे पनि स्पष्ट पारिएको छ । राउतको फेसबुकमा लेखिएको छ, ‘‘राउतको फेसबुक पेज र ट्वीटर एकाउन्ट उहाँको सहयोगी सहितको टोलीले चलाउने हो । यसमा अबदेखि आउने पोस्टमा सीके राउत हस्ताक्षर भएका पोस्ट मात्रै उहाँको आफ्नो विचार÷पोस्ट हो ।’गोरखापत्रमा खबर छापिएको छ ।

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्