काठमाडौं, फागुन २८ । सन्दिप लामिछाने तीन वटा क्रिकेट लिग खेलेर स्वदेश फर्किएका छन् । अस्ट्रेलियाको बिगबास क्रिकेट लिग, बंगलादेशको बंगलादेश प्रिमियर लिग र पाकिस्तानको पाकिस्तान सुपर लिग खेलेर उनि मंगलबार स्वदेश फर्किएका हुन् ।

सन्दिपले समग्र टूर राम्रो रहेको बताए । ‘सधै तपाई प्रदर्शन गर्न सक्नुहुन्न । कहिलेकाही सबैकुराहरु मिल्दैन । त्यसले तपाईलाई अपसेट बनाउँछ । तर, ओभरअल हेर्दा तीनवटै टूर मेरा लागि निकै राम्रो भयो’, सन्दिपले भने । सन्दिपले लिगहरुबाट परिपक्वता विकास गर्न सघाउ पुग्ने बताए । सन्पिदले भने,‘समयसँगै तपाई परिपक्व हुदैं जानुहुन्छ । जिम्मेवारीहरु लिदैं जानुहुन्छ । लिगहरुले मानसिक रुपमा नै मजबुद बनाईसकेको छ ।’

उनले आफु केही दिनका लागि नेपाल आएको बताउदै पुन इण्डिन प्रिमियर लिग खेल्न जाने जानकारी गराए । यद्यपी सो लिग खेल्न कहिले जाने भनेर मिति तय भईनसकेको उनको भनाई छ ।

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्