२०८३ वैशाख २८, सोमबार
९:०९:१० बिहान
- ADVERTISEMENT -

मंगलबार सिके राउतसँगको सहमतिको विरोधमा प्रदर्शन गरिने

प्रकाशित मिति: २०७५ फागुन २७, सोमबार

875
Shares

काठमाडौं, २७ फागुन २०७५ । शान्ति समाजले सरकार र डा। सिके राउतबीच हालै भएको ११ बुँदे सहमतिको विरोधमा यही फागुन २९ गते बुधबार दिउँसो १ बजे सिंहदरबार अगाडि प्रदर्शन गर्ने भएको छ ।

११ बुँदे सहमतिपूर्व सरकारद्वारा निज सिके राउतले विखण्डनकारी अभियान परित्याग गर्ने भनि व्यापक प्रचार प्रसार गरेको तर उक्त सहमतिमा हस्ताक्षर लगत्तैको संवोधनमा सि के राउतद्वारा विखण्डनको अभियान परित्याग गरेको स्पष्ट प्रतिवद्धता व्यक्त नभइ उल्टो सहमतिको दोस्रो बुँदालाई उद्धृत गर्दै जनमत संग्रहको कुरा गरेको र त्यस पश्चात राउत र निजको संयन्त्रले सामाजिक सञ्जाल लगायतका माध्यमबाट निरन्तर जनमत संग्रह गर्ने सहमति भएको प्रचार गर्दै आएको शान्ति समाजले जनाएको छ ।

नेपाल राष्ट्रको सार्वभौमसत्ता र अखण्डतामा प्रहार गर्ने गरी भएको यस्तो प्रचारले आफू मर्माहत भएको जनाउँदै सो समाजले यदि निज राउतले विखण्डनको अभियान परित्याग गरेको हो भने, मानव अधिकार तथा शान्ति समाज उक्त सहमतिको स्वागत गर्दछ तर त्यस्तो प्रतिवद्धता निज राउतबाट कतै पनि व्यक्त भएको नदेखिएको वक्तव्यमा जनाइएको छ ।

देश विभाजनको एजेण्डामा जनमत संग्रहमा सहमति भयो भनेर सहमतिका एक जना हस्ताक्षर कर्ताले प्रचार गर्दै हिड्नु अत्यन्त आपत्तिजनक रहेको जनाउँदै समाजले यस्तो आपत्तिजनक कार्यका लागि धरातल प्रदान गरी सरकारले ठूलो अनर्थ गरेको जनाएको छ ।

हचुवाका भरमा भएको उक्त क्लिष्ट सहमतिको दोस्रो बुँदाका कारण शान्ति समाजले सो सहमतिलाई ‘अपराधजन्य सहमति’ भन्न बाध्य भएको जनाएको छ । त्यस्तो अपराधजन्य सहमतिको विरोधमा विरोध प्रदर्शन गर्न लागेको समाजले जनाएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
150.88
151.48
EUR
European Euro
1
177.83
178.53
GBP
UK Pound Sterling
1
205.71
206.53
CHF
Swiss Franc
1
194.32
195.09
AUD
Australian Dollar
1
109.34
109.78
CAD
Canadian Dollar
1
110.32
110.76
SGD
Singapore Dollar
1
119.08
119.55
JPY
Japanese Yen
10
9.63
9.67
CNY
Chinese Yuan
1
22.19
22.27
SAR
Saudi Arabian Riyal
1
40.22
40.38
QAR
Qatari Riyal
1
41.42
41.58
THB
Thai Baht
1
4.68
4.70
AED
UAE Dirham
1
41.08
41.24
MYR
Malaysian Ringgit
1
38.48
38.63
KRW
South Korean Won
100
10.32
10.36
SEK
Swedish Kroner
1
16.37
16.44
DKK
Danish Kroner
1
23.80
23.89
HKD
Hong Kong Dollar
1
19.27
19.35
KWD
Kuwaity Dinar
1
492.75
494.71
BHD
Bahrain Dinar
1
399.84
401.43
OMR
Omani Rial
1
391.89
393.45
- ADVERTISEMENT -