- ADVERTISEMENT -

लापरवाहीले २० विद्यालयका विद्यार्थीको परीक्षा प्रभावित हुने

March 11, 2019
906
Shares
- ADVERTISEMENT -

काठमाडौँ, फागुन २७ गते । विद्यालयहरूको चरम लापरवाहीका कारण काठमाडौँ महानगरपालिकाभित्रका २० वटा विद्यालयका विद्यार्थीहरूले कक्षा ८ को वार्षिक परीक्षा दिनबाट बन्चित हुनेभएका छन् । यसबाट कम्तीमा एक हजार विद्यार्थीको परीक्षा प्रभावित हुनेछ ।

काठमाडौँ महानगरपालिका शिक्षा विभागले कक्षा ८ को परीक्षाका लागि अनलाइनबाट आवेदन दिनुपर्ने नयाँ नियम लागू गरेको छ । विभागले गत माघ मसान्तसम्ममा आवेदन फाराम भरिसक्न विद्यालयलाई परिपत्र गरेको थियो ।

- ADVERTISEMENT -

Advertisement

केही विद्यालयले सो म्यादसम्म पनि आवेदन फाराम भरेर नपठाएपछि विभागले पुनः फागुन ७ देखि १२ गतेसम्म म्याद थप गरेको थियो । थपिएको म्यादभित्र पनि २० वटा विद्यालयले आफ्ना विद्यार्थीको आवेदन फाराम नभरेको पाइएको छ ।

शिक्षा विभागका प्रमुख सीताराम कोइरालाले पटक–पटक परिपत्र गरिएको र म्यादसमेत थपिएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “विद्यालयहरूको निकै लापरवाही देखियो, विद्यालयका कारण विद्यार्थीहरू पीडामा पर्नुहुँदैन । उनीहरूका हकमा के गर्ने भन्ने बारेमा छलफल भइरहेको छ ।”

- ADVERTISEMENT -

Advertisement

शिक्षा विभागका अनुसार, हिमालय ह्वाइट हाउस स्कुल, शताब्दी स्कुल, नेसनल मोडेल स्कुल, आराधना एकेडेमी, पास्कल इन्टरनेसनल एकेडेमी, सन्जय साइ विद्यालय, सगरमाथा विद्या मन्दिर, मदन भण्डारी मेमोरियल स्कुल, सन्जिवनी वैकल्पिक विद्यालय, नव मन्जुश्री स्कुल आदि छन् ।
आफ्ना विद्यार्थीको कक्षा ८ को वार्षिक परीक्षाको आवेदन फाराम नभरिदिने अधिकाँश निजी (संस्थागत) विद्यालय छन् । कामपा शिक्षा विभाग प्रमुख कोइरालाले विद्यार्थीको भविष्य बिगार्ने गरी आवेदन फाराम नभर्ने विद्यालयका प्रधानाध्यापकलाई कारबाहीको प्रक्रिया अगाडि बढाइएको बताउनुभयो ।

कामपाभित्र ९१ वटा सामुदायिक र ६४० वटा निजी विद्यालय छन् । कक्षा ८ को परीक्षा आगामी चैत ३ गतेबाट सन्चालन हुँदैछ । परीक्षाका लागि कामपाभित्रका ११ स्रोतकेन्द्रका ती विद्यालयबाट १८ हजार ९६ विद्यार्थीको आवेदन फाराम भरिएको छ ।

कामपाले कक्षा ८ मा परीक्षा केन्द्र तोक्ने कार्य हटाइसकेको छ । शिक्षा विभाग प्रमुख कोइरालाका अनुसार एउटा विद्यालयका विद्यार्थीलाई अर्को विद्यालयमा परीक्षा दिलाउने गरी परीक्षा केन्द्र तोक्दा त्यसले विद्यार्थीमा मनोवैज्ञानिक असर पर्न सक्ने भएकाले विद्यार्थी अध्ययन गरिरहेकै विद्यालयबाट परीक्षा दिन पाउने व्यवस्था गरिएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -