२६ फागुन २०७५ । आफ्नो जीवनको उत्तराद्र्धतिर पनि गणित सिक्न र घरमै बसेर खेल खेल्न सौखिन जापानकी काने तानाकाले विश्वकै सबैभन्दा वृद्ध व्यक्तिका रूपमा मान्यता पाएको गिनिज वल्र्ड रेकर्डस्ले शनिबार जनाएको छ । विश्वकै पहिलो विमान उडाउने राइट्स ब्रदर्स जन्मेको बर्ष सन् १९०३ को जनवरीमा २ मा जन्मिएकी तानाका चार सन्तानकी आमा हुन्। पछि एक सन्तानलाई धर्मसन्तानका रूपमा संरक्षण दिएकी छन्। उनी अहिले एक सय १६ वर्ष पुगेकी छन्।

तानाकालाई विश्वकै सबैभन्दा वृद्ध व्यक्तिका रूपमा मान्यता दिएपछि जापानको पश्चिमी फुकुओमा शहरमा नगर प्रमुख सोइचिरो ताकाशिमा तथा दर्जनौँ शुभेच्छुक भेला भएका छन्। उनको सम्मानमा एक कार्यक्रम गरी खुशियाली मनाइएको छ। उहाँलाई एक नर्सिङ होममा राखी रेखदेख गरिँदै आएको छ।

उनको जीवनमा सबैभन्दा सुखद् क्षण कुन रह्यो भन्ने सञ्चारकर्मीको जिज्ञासामा संक्षिप्त तर प्रष्ट स्वरमा उनले भनिन्। “अहिले।” सामान्यतया हरेक बिहान ६ बजे उठ्ने तानाका अहिले पनि दिनभर गणितका कुरा तथा सुन्दर हस्तलेखनका लागि अभ्यास गर्छिन्।

उनले बसेर खेल्न सक्ने खेलहरू खेल्न मन पराउने गिनिज वल्र्ड रेकर्डसले जनाएको छ। विश्वका धेरै बाँच्ने मुलुकका नागरिकको जस्तै जापानीहरूको आयु पनि दीर्घ रहने गरेको पाइन्छ।

जापानी जिरोएमोन किमुरा कानूनी रूपमा रेकर्ड गरिएका व्यक्तिमध्ये विश्वकै सवैभन्दा बढी बाँच्ने पुरूष थिए जसको मृत्यु १ सय १६ बर्षको उमेरमा सन् २०१३ को जुनमा भएको थियो।

गिनिज बुकका अनुसार विश्वकै सबैभन्दा बढी बाँच्ने व्यक्तिका रूपमा भने फ्रान्सकी जेन लुईस केल्मेन्ट छन् जसको मृत्यु सन् १९९७ मा १ सय २२ बर्षको उमेरमा भएको थियो ।

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्