टोकियो, २४ फागुन २०७५ । चितवनमा कवर्ड हल निर्माणको लागी दीपक बाबु नेपालको एक्लो प्रयासमा जापानबाट १० लाख संकलन गरी नेपाल पठाएको छ ।
“स्वास्थ्य लागि खेलकूद, राष्ट्रका लागि खेलकूद सम्पूर्ण खेलका खेलाडी राष्ट्रका शान” हुन हाम्रो राष्ट्रको नाम अन्तराष्ट्रीय जगतमा खेलबाट पहिचान गराउने भनेर चितवन जिल्ला रत्न नगर नगरपालि वडा न २ अन्तर्गत चितवन तेक्वान्दो डोजाङ्” को प्रशिक्षण केन्द्र कवर्ड हल निर्माणको लागी १० लाख संकलन गरी सहयोग पठाएको अभियानका संयोजक दीपकबाबु नेपालले जानकारी दिनुभयो ।
नेपालका अनुसार हालसम्म संकलन रकम नेपाल पठाएको जानकारी गराददै २०१८/१२/२३ तारीख देखी चलाएका यस अभियानमा आजसम्म प्रत्यक्ष र अप्रत्यक्ष सहयोग गर्नुहुने सबै(सबै प्रती कृतज्ञता प्रकट गर्दै जापान-नेपाल र बिभिन्न देशबाट हाल सम्म संकलन भएको रकमको बिबरण घोषणा गरेर रकम हस्तान्तरण गरेको बताउनु भयो । सिटी एक्सप्रेस मनी ट्रान्सफर’ मार्फत एक सय मान जापनीज येन नेपालमा १० लाख २ हजार रपैयाँ नेपाल पठाएका बताउनु भयो ।
अभियानका संयोजक नेपालले सम्पूर्ण सहयोगदाताहरूमा आभारीका साथ धन्यवाद ब्यक्त दिनु भएको छ ।