२०८३ वैशाख २८, सोमबार
८:०७:४५ बिहान
- ADVERTISEMENT -

लिगलिग पालुङटार मेयर कप २०७५ को तयारी तिव्र, १८ टिमले फुटबल खेल्ने

प्रकाशित मिति: २०७५ फागुन २४, शुक्रबार

1009
Shares

गोरखा, २४ फागुन २०७५ । पालुङटार नगरपालिकाले यहि फागुण २६ गते देखि आयोजना गर्ने प्रथम संस्करणको लिगलिग पालुङटार मेयर कप २०७५ को तयारी तीव्र रुपमा अघि बढि राखेको छ ।

गण्डकी प्रदेशका सम्पूर्ण नगरपालिका तथा गोरखा जिल्लाको सबै स्थानिय तह गरी ३५ टिम सहभागी हुन पाउने प्रतियोगिताको यहि फागुन  २६ गते गण्डकी प्रदेशका मुख्य मन्त्री पृथ्वी सुब्बा गुरुङले उद्घाटन गर्ने पालुङटार नगरपालिकका प्रमुख ई।दीपक बाबु कंडेलले जानकारी दिनुभयो ।

“हाम्रो अभियान : खेलकुद पर्यटन, लिगलिग उत्थान” भन्ने मुल नाराका साथ आयोजना हुन गइरहेको उक्त प्रतियोगिताले पालुङटारमा खेलकुद पर्यटनको विकास हुने मेयर कंडेलले बताउनु भयो ।

“खेलकुद र पर्यटनलाई सँगसँगै विकास गर्नका लागि नगरपालिकाले लिगलिगे दौड जस्ता कार्यक्रम गर्दै आइरहेको तपाई सम्पुर्णलाई अवगत नै रहेको छ । प्रतियोगिताले पनि पालुङटारमा पर्यटकका आगनमा बृद्धि हुनेछ” मेयर कंडेलले थप्नुभयो । साथै खेलकुद संस्कारको विकास गर्दै पालुङटारमा खेलकुद प्रशिक्षण केन्द्रको स्थापना गर्नु यो प्रतियोगिताको अर्को उद्देश्य रहेको उहाँले बताउनुभयो ।

उक्त प्रतियोगितामा पत्र तथा टेलिफोन सम्पर्क गरी सहभागी हुनलाई सम्प्रूर्ण नगरपालिकालाई खबर गरिसकेको र टिम दर्ताको अन्तिम मिति २० फागुण सम्म जम्मा १८ वटा टिमले दर्ता गरेको लिगलिग पालुङटार मेयर कप २०७५ सदस्य सचिव किरण गिरीले जानकारी दिनुभयो ।

सहभागी हुनेमा गोरखाका आयोजक पालुङटार नगरपालिकाको दुई, गोरखा नगरपालिका, गण्डकी गाउँपालिका र बारपाक सुलिकोट गाउँपालिकाले सहभागीता जनाउनेछन् भने १३ वटा टिम अन्य जिल्ला बाट प्रतिनिधित्व गर्नेछन् । प्रतियोगितामा तनहुँका ब्यास, भानु र शुक्लगण्डकी नगरपालिका, लम्जुङको राइनास र बेशीसहर नगरपालिका, स्याङजाको गल्याङ, पुतलीबाजर र चापाकोट नगरपालिका, कास्कीको पोखरा महानगरपालिका, पर्वतको कुश्मा नगरपालिका, बाग्लुङको बाग्लुङ नगरपालिका र नवलपरासीको देवचुली र गैंडाकाटे नगरपालिका सहभागी छन् ।

सम्बन्धित नगरपालिकाको टिममा सोहि नगरपालिकाको स्थायी बासिन्दाले मात्र खेल्न पाउने नियमले समग्र गण्डकी प्रदेशकै खेलाडी छनोटमा यो प्रतियोगिताले सहयोग पुग्ने लिगलिग पालुङटार मेयर कप २०७५ को संयोजक एवं पालुङटार नगरपालिका वडा नंं १ का वडा सदस्य तथा नगर खेलकुद विकास समिति सदस्य सन्तोस पोखरेलले बताउनु भयो ।

यहि फागुन २६ गतेको उद्घाटन खेलमा आयोजक पालुङटार नगरपालिका बी र बाग्लुङ नगरपालिका बाग्लुङ बिच हुने पोखरेलले बताउनु भयो ।  त्यस्तै पालुङटार नगरपालिककाकै टिमलाई दुई हप्ता अघि देखिनै प्रशिक्षक राखेर प्रशिक्षण दिईराखेको जिल्ला फुटबल संघ गोरखाका सल्लाहकार समेत रहनुभएका प्रेम गुरुङले जानकारी दिनुभयो ।

चैत ६ गते फाइनल खेल र समापन कार्यक्रम तय भएको प्रतियोगिताको प्रथम पुरस्कार रनिङ शिल्ड ट्रफी र नगद पुरस्कार रु.२,३४,५६७ रहेको छ । त्यसैगरी द्रितिय पुरस्कार नगद रु१,२३,४५६ राखिएको छ । सेमिफाइनलमा पुग्ने दुई टिमलाई क्रमशः नगद रु.५४,३२१ र उत्कृष्ट खेलाडी एक जानालाई नगद रु.१२,३४५ पुरस्कार दिने आयोजकले जनाएको छ । त्यस्तै, उत्कृष्ट गोलरक्षक, उत्कृष्ट अग्रपक्ति, उत्कृष्ट मध्यपक्ति, उत्कृष्ट रक्षक, उत्कृष्ट गोलकर्तालाई क्रमशः नगद रु.९,८७६÷पुरस्कार राखिएकोछ ।

प्रत्येक वर्ष आयोजना गरिने यो रनिङ शिल्ड पालुङटार नगरपालिका नगरकार्यपालिकाको मातहतमा रहेको नगर खेलकुद विकास समितिको आयोजनामा भएको हो ।

 

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
150.88
151.48
EUR
European Euro
1
177.83
178.53
GBP
UK Pound Sterling
1
205.71
206.53
CHF
Swiss Franc
1
194.32
195.09
AUD
Australian Dollar
1
109.34
109.78
CAD
Canadian Dollar
1
110.32
110.76
SGD
Singapore Dollar
1
119.08
119.55
JPY
Japanese Yen
10
9.63
9.67
CNY
Chinese Yuan
1
22.19
22.27
SAR
Saudi Arabian Riyal
1
40.22
40.38
QAR
Qatari Riyal
1
41.42
41.58
THB
Thai Baht
1
4.68
4.70
AED
UAE Dirham
1
41.08
41.24
MYR
Malaysian Ringgit
1
38.48
38.63
KRW
South Korean Won
100
10.32
10.36
SEK
Swedish Kroner
1
16.37
16.44
DKK
Danish Kroner
1
23.80
23.89
HKD
Hong Kong Dollar
1
19.27
19.35
KWD
Kuwaity Dinar
1
492.75
494.71
BHD
Bahrain Dinar
1
399.84
401.43
OMR
Omani Rial
1
391.89
393.45
- ADVERTISEMENT -