काठमाडौं, २३ फागुन २०७५ । प्रधानमन्त्री केपी शर्मा ओलीले ल्होसार सकिएको एक महिनापछि ल्होसारको शुभकामना दिएका छन्।
माघ २२ गते २०७५मा रहेको ल्होसारको शुभकामना फाल्गुन २३, २०७५ मा दिंदै प्रधानमन्त्रीले ‘स्वदेश तथा विदेशमा रहनु भएका दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको हार्दिक शुभकामना व्यक्त गर्दछु ।‘ ट्विट गरेका छन्।
शेर्पा समुदायले मनाउँदै आएको ग्याल्पो ल्होसारका अवसरमा स्वदेश तथा विदेशमा रहनु भएका दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको हार्दिक शुभकामना व्यक्त गर्दछु ।






































