२०८३ जेठ ५, मंगलबार
३:४०:१६ राति
- ADVERTISEMENT -

युगाण्डाको सम्पत्ति चीनलाई सुम्पिनुपर्ने

प्रकाशित मिति: २०७५ फागुन २२, बुधबार

1301
Shares

एजेन्सी, २२ फागुन २०७५ । युगाण्डा अहिले आफ्नो महत्वपूर्ण मानिएको सम्पत्ति चीनलाई सुम्पिनुपर्ने जोखिममा छ। चीनसँग लिएको ठूलो रकम बुझाउन नसकेसँगै युगाण्डा आफ्नो सम्पत्ति चीनलाई सुम्पिनुपर्ने बाध्यतामा देखिएको हो।युगाण्डाको सरकार भने बढ्दै गरेको ऋण तिर्न सकिने किसिमको रहेको बताउँदै आएको छ। साथै, चीनलाई आफ्नो सम्पत्ति सुम्पिनुपर्ने अवस्था पनि नआएको युगाण्डाका अर्थमन्त्री माटिया कसैजाले बताएका छन्।

गत डिसेम्बरमा केन्याको सरकार पनि आफ्नो महत्वपूर्ण मानिएको मोम्बासा बन्दरगाह चीनलाई सुम्पिनुपर्ने अवस्थामा पुगेको एक प्रतिवेदनले देखाएको छ। तर, चीन र केन्याको सरकार दुवैले उक्त प्रतिवेदनको खण्डन गर्दै यस्तो कुनै पनि अवस्था नरहेको बताएका थिए।

अन्य मानिसहरुले भने चिनियाँ सरकार अहिले अफ्रिकाको सबै खानीमा आफ्नो कब्जा जमाउने योजनामा रहेको बताउँछन्। उक्त खानीहरुमा हजारौं चिनियाँ कामदारहरुले काम गरिरहेका छन्। साथै उक्त क्षेत्रको वातावरणमा ठूलो नोक्सानी पुर्‍याएको, तामा, सुन, चाँदीजस्ता धातुहरु चीन लगेको र भ्रष्टा नेतासँग सम्झौता गरेर मुलुकलाई डुबाउने खेलमा लागेको आरोप चीनमाथि लगाइएको छ।

न्युयोर्क टाइम्सले सन् २०१७ को डिसेम्बरमा सार्वजनिक गरेको एक आलेखमा यो चीनको ऋणको प्रयोग गरी विश्वमा आफ्नो प्रभाव विस्तार गर्ने नीतिको उदाहरण रहेको उल्लेख गरिएको थियो। त्यतिबेला सोमालियाका स्थानीय माझीहरु विदेशी सवारीसँग प्रतिस्पर्धा गर्न संघर्ष गरिरहेको अवस्थामा सरकारले चीनलाई ३१ माछा मार्ने अनुमति प्रदान गरेको थियो।

युगाण्डाका महालेखापरीक्षकले भने युगाण्डाको बढ्दो ऋणको विषयमा चिन्ता व्यक्त गरेका छन्। उनले सन् २०१७ मा ९ अर्ब १० करोड डलरको ऋण रहेकोमा अहिले बढेर ११ अर्ब १० करोड डलर पुगेको बताएका छन्।
उक्त प्रतिवेदनमा चीनको नाम नलिई ठूलो मात्राको ऋणले युगाण्डाको सार्वभौम सम्पत्ति जोखिम पर्नसक्ने उल्लेख गरिएको थियो।

यसमा केही ऋणको सम्झौतामा सावैभौम सम्पत्तिमा पनि छुट दिइएको उल्लेख गरिएको र आगामी दिनमा ऋण तिर्नको लागि समस्या पनि हुनसक्ने अवस्था आए उक्त सम्पत्ति जोखिममा पर्ने उल्लेख गरिएको छ।

उनले चीनले युगाण्डाको सम्पत्ति लिन सक्छ ? भन्ने प्रश्नमा यो चीनको लागि कुनै नौलो कुरा नरहेको बताए। उनले अहिले चीनको अर्थतन्त्र आशा गरिएभन्दा पछाडि रहेकोमा आर्थिक विकासको लागि यो कुरा नौलो नभए पनि युगाण्डामा भने चीन आइहाल्ने अवस्था नरहेको बताएका छन्।

चीन युगाण्डाको सबैभन्दा ठूलो दाता हो। यो मुलुकमा चीनले विभिन्न योजनामा ३ अर्ब डलर लगानी गरेको छ। सन् २०१७ को डिसेम्बरमा श्रीलंकाको सरकारले चीनको ऋण तिर्न नसकेपछि आफ्नो हंबनटोटा बन्दरगाह चीनलाई ९९ वर्षका लागि सुम्पिने निर्णय गरेको थियो।

सन् २०१८ को सेप्टेम्बरमा चीनले जाम्बियाको पावर कम्पनी र केन्नेथ कौन्डा अन्तर्राष्ट्रिय विमानस्थल लिनसक्ने प्रतिवेदन सार्वजनिक भएको थियो तर जाम्बियाको सरकारले यसलाई अस्वीकार गरेको थियो। चीनको एक्सिम बैंकले युगाण्डाका प्रमुख दुई पावर प्रोक्जेट करुमा र एसियम्बा ड्याममा ८५ प्रतिशतको लगानी गरेको छ। साथै उसले काम्पालाको ४७ करोड ६० लाख डलरको एन्टेब्बे एक्सप्रेस हाइवेका लागि पनि उसले वित्तीय सहयोग प्रदान गरेको थियो।

यसले विमानस्थलसम्मको सवारी चलाउने समय ३० मिनेट छोट्टिएको थियो। अर्थविद् फ्रेड मुहुम्मुजाले युगाण्डाको तेलमा चीन आफ्नो कब्जा बढाउने योजनामा रहेको बताए।

उनले चीनले यसको मूल्यको हिसाब गरेर मात्र ऋण दिने र सो रकम त्यसबाट उठाउने उनको भनाइ छ। उनीहरुले भने यसमा सबै कुरा सही भन्ने भन्ने देखाउन खोज्ने उनको भनाइ छ। उनीहरुले आफूहरुलाई पैसा नै दिएर तेल खरिद गर्छौं भनी आवश्स्त गराउँछन्। तर, अरुलाई ६० डलर प्रतिब्यारेल बिक्री गरिने तेल उसले ५५ डलरमा खरिद गर्छ। यो ५ डलरबाट उसले आफ्नो पुरानो ऋणको पैसा असुल्ने उनको भनाइ छ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
153.25
153.85
EUR
European Euro
1
178.17
178.87
GBP
UK Pound Sterling
1
204.21
205.01
CHF
Swiss Franc
1
194.71
195.48
AUD
Australian Dollar
1
109.58
110.01
CAD
Canadian Dollar
1
111.46
111.89
SGD
Singapore Dollar
1
119.66
120.13
JPY
Japanese Yen
10
9.65
9.69
CNY
Chinese Yuan
1
22.50
22.59
SAR
Saudi Arabian Riyal
1
40.84
41.00
QAR
Qatari Riyal
1
42.06
42.23
THB
Thai Baht
1
4.69
4.71
AED
UAE Dirham
1
41.72
41.89
MYR
Malaysian Ringgit
1
38.79
38.94
KRW
South Korean Won
100
10.23
10.27
SEK
Swedish Kroner
1
16.22
16.28
DKK
Danish Kroner
1
23.84
23.93
HKD
Hong Kong Dollar
1
19.57
19.65
KWD
Kuwaity Dinar
1
500.24
502.20
BHD
Bahrain Dinar
1
406.34
407.93
OMR
Omani Rial
1
398.05
399.61
- ADVERTISEMENT -