एजेन्सी, २१ फागुन २०७५ । इंगल्याण्डमा हुने विश्वकप अघिको एक दिवसीय क्रिकेट श्रृंखलामा भारतले बलियो प्रतिद्धन्द्धी भारतमाथि ‘शेर’ को प्रदर्शन गरेको छ । पाँच खेलको श्रृंखलामा भारत घरेलु मैदानमा २–० ले अगाडि भएको छ ।
मंगलबार राति भएको दोस्रो खेलमा भारतले ८ रनको साँघुरो जित निकाल्यो । नागपुरमा भएको खेलमा कप्तान बिराट कोहलीले सेन्चुरी बनाएपछि भारतले ४८.२ ओभरमा अलआउट हुँदै २५० रन बनायो ।
कोहलीले एक दिवसीयमा ४० औं सेन्चुरी बनाउने क्रममा ११६ रन जोडे । त्यस्तै विजय शंकरले ४६ रन बनाए ।
जवाफमा उत्रिएको अष्ट्रेलियाले ४९.३ ओभरमा २४२ रन बनाएर अलआउट भयो । मार्कोस स्टोइनिसले ५२ रन बनाए ।
कुलदीप यादवले ३ तथा जसप्रित बुमराह र विजय शंकरले २–२ विकेट लिए ।
जितले ५ खेलको सिरिजमा भारत २–० ले अगाडि छ । भारतको यो जित अहिलेसम्मको एक दिवसीयको ५०० औं जित हो ।