एजेन्सी, २१ फागुन २०७५ । पाकिस्तानी एयर फोर्सले सोमबार आफनो अधिकृतहरुलाई भनेको छ कि देशको अगाडि चुनौतीहरु अहिलेपनि सकिएको छैन, तयार रहनुहोस् । खासगरी पुलवामा आक्रमण र हवाई आक्रमण पछि दुबै देश बिच हाल तनावको माहोल सृजना भईरहेको छ ।
पाकिस्तानको अखबार डाँनको हवालाबाट पाकिस्तान एयर फोर्सका प्रवक्ताले भनेका छन् कि एयर चीफ मार्शल मुजाहिद अनवर खानले अग्रिम सैनिक अड्डाको यात्राको दौरान जवानहरुलाई तयार रहन आदेश दिएका हुन् । यद्यपी, जैश–ए–मोहम्मदको आत्मघाती आक्रमणमा पुलवामामा सीआरपीका ४० जवानको मुत्यु भएको थियो ।