- ADVERTISEMENT -
- ADVERTISEMENT -

सैनिक कौशलका क्रममा एक सैनिक प्यारासुटबाट खसे

March 4, 2019
856
Shares
- ADVERTISEMENT -
- ADVERTISEMENT -

काठमाडौं, फागुन २०

सेना दिवसको अवसरमा आयोजित सैनिक कौशलका क्रममा एक सैनिक प्यारासुटबाट खसेका छन् ।

प्यारासुट अवतरण गर्ने क्रममा सैनिक मञ्च टुँडिखेलमा सैनिक कर्मचारी खसेर घाइते भएको नेपाली सेनाका प्रवक्ता याम ढकालले बताए ।

प्यारासुटको माध्यमबाट फ्रि–फल जम्प गर्ने क्रममा उनी सिधै आकाशबाट जमिनमा खसेका थिए ।

टुँडिखेलमा सैनिक दिवस मनाउने क्रममा प्यारासुट नखुलेपछि भण्डारी अनियन्त्रित भएर काठमाडौँ मल नजिकै फुटपाथमा खसेका हुन् ।

नेपाली सेनाले हरेक वर्ष शिवरात्रिको दिन विविध कार्यक्रम गरेर सेना दिवस मनाउने गरेको छ ।

प्यारासुटबाट खसेर घाइते हुने सैनिक कर्मचारीमा हवल्दार भण्डारीको ट्रमा सेन्टरमा उपचार भइरहेको छ ।

त्यही परम्पराअनुसार सेनाले आयोजना गरेको कार्यक्रममा सैनिक परमाधिपति एवं राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओलीलगायतको उपस्थिति रहेको छ ।

सैनिक मञ्च टुँडिखेलमा अहिले जारी कार्यक्रममा सैनिक ब्याण्डको सांगीतिक प्रस्तुतिसँगै विभिन्न साहसिक खेलहरु भइरहेका छन् ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -