गोरखा, २० फागुन २०७५ । गोरखा नगरपालिकाको आयोजनामा फागुन २१ गतेदेखि प्रथम गोरखा मेयर कप २०७५ हुने भएको छ ।

गोरखा नगरपालिका १० को छेपेटार खेल मैदानमा हुने फुटवल प्रतियोगितामा नगरका १४ वटै वडाको सहभागीता रहने मेयर राजनराज पन्तले जानकारी दिनुभयो ।

गोरखा नगरपालिका कार्यालयमा खेलको टाईसिट सार्वजनिक कार्यक्रममा उनले हरेक वडाबाट छनौट भएका टिम मेयर कपमा सहभागी हुने बताउनु भयो ।

फिफाको नियम अनुसार प्रतियोगिता हुने भएको हो । जसअनुसार वडा नं ५ र ८ ले वाई पाएर सिधै क्वार्टरफाईनल प्रबेश गरेका अखील नेपाल फुटवल संघ गोरखाका अध्यक्ष दिपेन्द्र श्रेष्ठले बताउनु भयो । टाईसिट अनुसार फागुन २१ गते उद्घाटन खेल वडा नं ७ र ११ बिच हुनेछ ।

सोही दिन वडा नं २ र १४ बिचको खेल पनि हुनेछ । फागुन २२ गते चार खेल हुने भएका छन् । पहिलो खेल वडा नं ३ र १३, दोस्रो खेल वडा नं १२ र ४ , तेस्रो खेल वडा नं १ र ९ र चौथो खेल वडा नं १० र ६ बिच हुनेछ । फागुन २३ गते दुई खेल हुनेछ । जसअनुसार वडा नं ७ र ११ को विजेतासँग वडा नं ५ र वडा नं २ र १४ को विजेतासँग वडा नं ८ ले खेल्ने एन्फाका रन्जित कुमार श्रेष्ठले जानकारी दिनुभयो ।

प्रतियोगितामा पहिलो हुनेले नगद ५५ हजार पाचँ सय ५५ र दोस्रो हुनेले नगद ३३ हजार तिनसय ३३ सहित शिल्ड मेडल र प्रमाणपत्र पुरस्कार पाउनेछन् । यस्तै, सेमिफाईनल पुग्ने दुई समुहले नगद १२ हजार तिन सय ४५ रुपैयाँ सहित शिल्ड मेडल र प्रमाणपत्र पाउनेछन् ।

‘स्वास्थ्यका लागि खेल, राष्ट्रका लागि खेल’ भन्ने नाराका साथ हुने प्रतियोगिताको गण्डकी प्रदेशका भुमी ब्यबस्था कृषि तथा सहकारी मन्त्री लेखबहादुर थापा मगरले उद्घाटन गर्ने भएका छन् ।

प्रतियोगिताको समापन राष्ट्रिय सभाका विपक्षी दलका नेता सुरेन्द्र पाण्डेको उपस्थितीमा हुने भएको छ । नगरपालिकाको आयोजनामा हुने प्रतियोगिताको ब्यबस्थापन एन्फा र सुर्योदय युवा क्लब छेबेटारले गर्नेछ । प्रतियोगिता फागुन २५ गतेसम्म चल्नेछ ।

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्