- ADVERTISEMENT -
- ADVERTISEMENT -

पूर्वउपप्रधानमन्त्री अधिकारीको ८२ वर्षको उमेरमा निधन

March 3, 2019
678
Shares
- ADVERTISEMENT -
- ADVERTISEMENT -

काठमाडौं, फागुन १९

पूर्वउपप्रधानमन्त्री भरतमोहन अधिकारीको ८२ वर्षको उमेरमा निधन भएको छ। उहाको केहीबेर अघि निधन भएको ह्याम्स अस्पताल डेन्टल विभागका निर्देशक दिलिप थापाले जानकारी दिनु भयो ।

अस्पतालका अनुसार उहाको निधन राति ९ बजेर ३५ मिनेटमा भएको हो । परिवारसगको छलफलपछि उहालाई भ्यान्टिलेटरबाट निकालिएको थियो । गत माघ २४ गते ह्याम्स अस्पताल भर्ना भएका अधिकारीको विगत १६ दिनदेखि भेन्टिलेटरमा राखी उपचार हुँदै आएको थियो। शनिबार दिउँसो अस्पताल परिसरमा पत्रकार सम्मेलन गरी अस्पतालले अधिकारीलाई बचाउन सक्ने संभावना न्यून रहेको जानकारी दिएको थियो।

चारपटक अर्थमन्त्री समेत रहेका अधिकारीले एकपटक यातायात तथा निर्माणमन्त्रीको जिम्मेवारी समेत पूरा गर्नुभएको थियो । यसैगरी, चारै पटक सांसद भएका अधिकारी संसदीय दलको उपनेता, प्रमुख सचेतक, पार्टीको आर्थिक, उद्योग, संसदीय, अनुगमनजस्ता विभाग प्रमुख जिम्मेवारी बहन गरिसक्नु भएको छ । अधिकारी अर्थमन्त्री हुँदा ल्याइएका कार्यक्रम वृद्धभत्ता र ‘आफ्नो गाउँ, आफैँ बनाऔं, अभियान निकै लोकप्रिय बनेका कार्यक्रम हुन्। अधिकारीका श्रीमती, २ छोरी र एक छोरा छन्।

यसैविच, अधिकारीको पार्थिव शरिरलाई आइतबार विहान ९ बजेदेखी देखि मध्यान्ह १२ बजे सम्म पार्टी केन्द्रीय कार्यालयमा राखिने नेकपाका नेता कृष्णगोपाल श्रेष्ठले जानकारी दिनुभयो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -