२०८३ जेठ ३, आइतबार
५:३९:५६ बेलुका
- ADVERTISEMENT -

दुई संघ एक हुन सफल

प्रकाशित मिति: २०७५ फागुन १८, शनिबार

1028
Shares

काठमाडौं, १८ फागुन २०७५ । नेपालको सबैभन्दा ठूलो दुर्भाग्य भनेको खेलकुदका समानान्तर संघ हुनु हो। यही समानान्तर प्रथाले गर्दा नै खेलकुदको अधोगति भएको छ। अन्तर्राष्ट्रिय पदक नै गुमेको छ। कम्तीमा अन्तर्राष्ट्रिय स्तरमा पदक आउने खेलकुदलाई समेत पनि सरकारले मिलाउन सकेन। लगानी जति बालुवामा पानी नै भएको छ।

पछिल्लो समय दुई कराँते महासंघको महत्वपूर्ण एकीकरण भएको छ। राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य शम्भुप्रसाद आचार्यको अध्यक्षतामा कराँते महासंघ पुनर्गठन गरी बुधबार युवा तथा खेलकुद मन्त्रालयमा एकीकरणको घोषणा गरिएको हो।

यसअघि राष्ट्रिय र अन्तर्राष्ट्रिय मान्यता प्राप्त दुई कराँते महासंघ अस्तित्वमा थिए। राखेपका सदस्य दावा गुरुङ अध्यक्ष रहेको कराँते महासंघलाई राष्ट्रिय मान्यता थियो भने राखेपका पूर्व सदस्य एवं नेपाल ओलम्पिक कमिटीका उपाध्यक्ष पुरेन्द्रविक्रम लाखे अध्यक्ष रहेको कराँते महासंघलाई अन्तर्राष्ट्रिय मान्यता थियो।

लाखे नेतृत्वको महासंघ हुँदाहुँदै नेपाल कम्युनिष्ट पार्टी नेकपाका कार्यकर्ता एवं तत्कालीन राखेपका सदस्यसचिव युवराज लामाले नयाँ महासंघ दर्ता गरेर नेतृत्व दावालाई सुम्पे। त्यसपछि कराँतेको अधोगति चुलियो। अब एकीकृत भएपछि कुनै राजनीति भएन भने कराँते लिकमा आउन सक्ने देखिएको छ। हालको एकीकृत २१ सदस्यीय केन्द्रीय कार्यसमितिमा गुरुङ सह–अध्यक्ष तथा लाखे उपाध्यक्ष छन्।

त्यस्तै महासचिवमा हरिशरण केसी, सह–महासचिवमा ओमकृष्ण प्रसाईं, सचिवमा विआर मित्र र श्याम शेर्पा तथा कोषाध्यक्षमा सानुलाल श्रेष्ठ छन्। छत्र आले, राजेन्द्र बराल, देव लामा, मजेन्द्र सिंह, नारायण मगर, यादव काफ्ले, ध्वजमान मोक्तान, निवासगोपाल वैद्य, ध्रुवविक्रम मल्ल, तारा वली, दुर्गा गौतम परिवार, रवि महर्जन र मिङमा तामाङ सदस्यमा चयन भए।

पुनर्गठित कार्यसमितिलाई समय सापेक्ष विधान संशोधन गर्नुका साथै राखेपबाट स्वीकृत गराइ ३ महिनाभित्र निर्वाचन गर्न समय सीमा दिइएको छ। अध्यक्षले भने निर्वाचनमा उम्मेदवारी दिन नपाउने प्रावधान छ।

यसबाट दावा र लाखेमध्ये कसैले फेरि नेतृत्व गर्ने निश्चित छ। एकीकरण घोषणा कार्यक्रममा प्रतिनिधि सभाका सांसद् एवं नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठ, युवा तथा खेलकुद मन्त्रालयका सचिव कृष्णप्रसाद देवकोटा, राखेपका उपाध्यक्ष एवं राष्ट्रिय संघ विवाद, समस्य तथा समाधान सहजीकरण समितिका संयोजक पिताम्बर तिम्सिना, राखेपका सदस्य–सचिव केशवकुमार विष्ट, पुनर्गठित कराँते महासंघका पदाधिकारीलगायतको उपस्थिति थियो।

सो अवसरमा पदाधिकारीहरुलाई पत्र समेत हस्तान्तरण गरियो। कार्यक्रममा सांसद श्रेष्ठले विवाद समाधान गर्न नसक्दा अपेक्षित परिणाम आउन नसकेको बताउदै दुवै पक्षको त्याग र समर्पणको प्रशंसा गरे। तर उनी ओलम्पिकमा रहेर के गरे ? किन समाधानका लागि पहल गर्न सकेनन् ?

सहजीकरण समितिका संयोजक तिम्सिनाले कराँतेको समस्या समाधान भएको र अब तेक्वान्दोको विवाद पनि चाँडै हल गर्ने बताए। सदस्य–सचिव विष्टले विवाद अन्त्यले कराँतेको विकासमा ठूलो टेवा पुग्ने विश्वास व्यक्त गर्दै एकीकरणको प्रभाव कराँतेको तल्लोस्तरसम्म महशुस हुने गरी कार्यसमितिले पहल गर्नु पर्नेमा जोड दिए।

प्रश्न नियतको
अबको कार्यदिशा नियतमा भर पर्ने देखिन्छ। नियत सफा भए सबै सम्भव छ। तदर्थ समिकिा अध्यक्ष आचार्यले दिइएको जिम्मेवारीलाई इमानदारीपूर्वक पूरा गर्ने बताउँदै आफ्नो कारणले कोहि पनि दुःखी हुने अवस्था नआउने बताएका छन्। सह–अध्यक्ष गुरुङले कराँतेले निकास पाओस् भन्ने उद्देश्यले आफू पछि हटेको बताउँदै अब एक भएर अगाडि बढ्नु पर्ने बताएका छन्। उपाध्यक्ष लाखेले विगतको तिक्ततालाई बिर्सेर एक भइ अगाडि बढ्नुको विकल्प नरहेको बताउँदै कराँतेको विकासमा योगदान दिन कुनै कन्जुस्याईं गर्ने प्रतिबद्धता जनाएका छन्।

कार्यक्रममा दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत कराँतेका दोहोरो स्वर्ण विजेता एवं नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका अध्यक्ष दीपक श्रेष्ठले विवादकै कारण १७ औं इन्चोन एसियाडमा कराँते खेलाडीले भोग्नु परेको समस्याको स्मरण गर्दै व्यक्तिगत स्वार्थका लागि संस्थालाई विवादित बनाउन नहुने धारणा राखे।

हो श्रेष्ठले भनेजस्तै नियतमा धेरै कुरा निर्भर पर्छ। फेरि पनि कसैको नियतले काम गर्यो भने त्यो भन्दा ठूलो दुर्भाग्य केही हुँदैन। नियत राम्रो भए बाँकी खेलकुद संघका समस्या पनि समाधान हुन्छन्। सम्भवतः राजनीतिक नियुक्तिले खेलकुद परिषद पुग्नेहरुकै कारण खेलकुद धरासायी भएको भन्न सकिन्छ।

जसरी पूर्व दुई महासंघका अध्यक्षहरुले एकीकृत हुँदा आपसमा मुड्की जुधाएका छन् त्यसरी नै फेरि पनि मुड्की नै बजारे भने अहिले भएको तदर्थ समितिका सबै पदाधिकारीलाई खेलकुद क्षेत्रबाट निलम्बित गरे फरक पर्दैन। किनकि यही मुड्कीले नै हो नेपाली कराँते क्षेत्रलाई ध्वस्त पारेको। बाहुबली देखाएर खेलकुद ध्वस्त भइसकेको छ। अब बचाउनतिर लाग्दा राम्रो हुने थियो।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
153.25
153.85
EUR
European Euro
1
178.38
179.08
GBP
UK Pound Sterling
1
204.95
205.75
CHF
Swiss Franc
1
195.12
195.89
AUD
Australian Dollar
1
109.73
110.16
CAD
Canadian Dollar
1
111.47
111.91
SGD
Singapore Dollar
1
119.81
120.28
JPY
Japanese Yen
10
9.67
9.71
CNY
Chinese Yuan
1
22.50
22.59
SAR
Saudi Arabian Riyal
1
40.84
41.00
QAR
Qatari Riyal
1
42.04
42.21
THB
Thai Baht
1
4.70
4.72
AED
UAE Dirham
1
41.73
41.89
MYR
Malaysian Ringgit
1
38.79
38.94
KRW
South Korean Won
100
10.23
10.27
SEK
Swedish Kroner
1
16.26
16.32
DKK
Danish Kroner
1
23.87
23.96
HKD
Hong Kong Dollar
1
19.57
19.65
KWD
Kuwaity Dinar
1
500.24
502.20
BHD
Bahrain Dinar
1
406.34
407.93
OMR
Omani Rial
1
398.05
399.61
- ADVERTISEMENT -