Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
९:०६:३९ बिहान
- ADVERTISEMENT -

विश्व शान्ति र समृद्धिका लागि वैदिक ज्ञानको महत्वपूर्ण भूमिका रहेको विचार व्यक्त : रास्ट्रपति

प्रकाशित मिति: २०७५ फागुन १८, शनिबार

1235
Shares

काठमाडौं,१८ फागुन २०७५ । राष्ट्रपति विद्यादेवी भण्डारीले विश्व शान्ति र समृद्धिका लागि वैदिक ज्ञानको महत्वपूर्ण भूमिका रहेको विचार व्यक्त गद धर्म र संस्कृतिले पारस्परिक सहअस्तित्वको पक्षपोषण गर्ने बताउनुभएको छ ।

नेपाल महर्षि वैदिक फाउण्डेशन, नेपाल महर्षि फाउन्डेशन फर वैदिक कल्चर र महर्षि फाउन्डेशन फर वैदिक इण्डियाको संयुक्त आयोजनामा आजदेखि राजधानीमा शुरु भएको तीनदिने वेद र आधुनिक विज्ञानसम्बन्धी तीनदिने अन्तर्राष्ट्रिय सम्मेलनमा राष्ट्रपति भण्डारीले सनातन धर्म र संस्कृतिले पारस्परिक सहअस्तित्वको पक्षपोषण गरेको बताउनुभयो ।

“छिमेकी मित्रहरुकै बीचमा तनाव देखिएकाले शान्तिको आवश्यकता बढेको छ, भावातीत ध्यान, चेतनामा आधारित शिक्षालगायत वैदिक ज्ञानका माध्यमबाट शान्ति स्थापनामा सहयोग पुग्छ”, उहाँले भन्नुभयो । संस्कृत भाषामा ज्ञान र बुद्धिको भण्डार रहेकाले यसको संरक्षण हुनुपर्ने राष्ट्रपति भण्डारीले बताउनुभयो ।

धर्म, संस्कृतिको संरक्षणका माध्यमबाट धार्मिक पर्यटन प्रवद्र्धन गर्न सकिने भएकाले यस्ता महासम्मेलनको योगदान रहने उहाँको भनाइ थियो । उहाँले शान्ति र समृद्धिका लागि महासम्मेलनले दिने वैज्ञानिक निष्कर्ष सहयोगी हुने विश्वास व्यक्त गर्नुभयो ।

कार्यक्रममा शङ्कराचार्य स्वामी अमृतानन्द तीर्थले वैदिक परम्पराका आधारमा मानी आएका विषयलाई आधुनिक विज्ञानले प्रमाणित गर्दै गएको बताउनुभयो । गत वर्ष औषधि विज्ञानमा नोबेल पुरस्कार पाउने वैज्ञानिकले वर्षमा २४ दिन भोकै बस्नेलाई क्यान्सर लाग्दैन भन्ने तथ्यलाई ऋषिमुनिले वर्षका २४ वटा एकादशीमा व्रत बस्नु भनी उपदेश दिएको उहाँले सुनाउनुभयो ।

जापानका पूर्वप्रधानमन्त्री योकियो हातोयामाले बुद्धको देशबाट विश्व शान्ति फैलाउन भावातीत ध्यान, चेतनामा आधारित शिक्षालगायत वैदिक ज्ञान उपयोगी हुने धारणा राख्नुभयो ।

फाउण्डेशनका अध्यक्ष दीपकप्रकाश बाँस्कोटाले वेद र संस्कृतको अध्ययन अध्यापन छोड्ने अवस्थामा पुग्दा देशलाई धेरै विषयमा बेफाइदा भइरहेकाले वैदिक जागरणका लागि सम्मेलन गरिएको बताउनुभयो । विश्वव्यापी महर्षि वैदिक अभियानका प्रमुख टोनी नाडरले राजर्षि जनक र सीताको देश नेपालबाट विश्वभर शान्तिको सन्देश प्रवाह हुनुपर्नेमा जोड दिनुभयो ।

नेपाल सन्त समाजका अध्यक्ष ज्ञानानन्द सरस्वतीले वेद अपरिवर्तनीय संविधान भएकाले सबैले पालना गर्नुपर्ने बताउनुभयो । वैदिक इण्डियाका अध्यक्ष स्वामी ब्रह्मदेवले वेदध्वनिले कृषि प्रणालीमा पार्ने प्रभावका बारेमा अध्ययन भइरहेको जानकारी दिनुभयो ।

प्राध्यापक विद्यानाथ कोइरालाले गुरुकुल शिक्षा पद्धतिले व्यक्तिलाई स्वावलम्बी बनाउन सबै प्रकारले उचित ज्ञान दिने बताउनुभयो । आइतबारसम्म जारी रहने सम्मेलनमा वैदिक विज्ञानका विभिन्न विषयमा कार्यपत्र प्रस्तुत हुनेछन् । सम्मेलनमा वेद र विज्ञानका अन्तर्राष्ट्रियस्तरका ५०० भन्दा बढी विद्वान्को सहभागिता छ ।

वेदका विषयवस्तु अध्यापन हुने विश्वभर आठ वटा महर्षि वैदिक विश्वविद्यालय रहेका सो अवसरमा जानकारी दिइयो । सम्मेलनमा वैदिक शिक्षा, स्वास्थ्य, कृषि, वास्तुलगायत विषयमा पनि छलफल हुनेछ ।

हाल नेपालका ८२ गुरुकुलमा रुद्राभिषेकसहित योग र ध्यानको कार्यक्रम सञ्चालन भइरहेको फाउण्डेशनले जनाएको छ । यसैगरी दुई दर्जनभन्दा बढी माध्यमिक तहका विद्यालयमा ध्यानसहितको चेतनामा आधारित शिक्षा दिइएको फाउण्डेशनका ध्यान शिक्षक मीनराज अधिकारीले बताउनुभयो ।

हाल विश्वका १९२ देशमा भावातीत ध्यान र सिद्धि कार्यक्रमका नाममा यो ज्ञान दिने गरिन्छ । महर्षि महेश योगीले व्याख्या गर्नुभएको श्रीमद्भागवत्गीता नेपाली अनुवादसमेत सार्वजनिक गरिको थियो । सम्मेलनमा दिइएको जानकारीअनुसार श्रीमद्भागवतगीता १७६ भाषामा अनुवाद भइसकेको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -