अमेरिका, १७ फागुन २०७५ । अमेरीकाले आतंकी संगठन अल–कायदाका प्रमुख बनिसकेका ओसामा बिन लादेनको स्थान पत्ता लगाउनेको लागी पुरस्कारको रुपमा ठुलो धनराशिको घोषणा गरेको छ । जो ब्यक्तिले हमजाको स्थान बताउनेछ उसलाई अमेरीका १० लाख डलर (१ अर्व १५ करोड रुपैया) इनाम स्वरुप दिनेछ । अमेरीकाको अनुसार हमजा आपनो पिता ओसामा विन लादेन को हत्याको बदला लिनको लागी उ माथि आतंकी आक्रमणको षड्यन्त्र रचिरहेको छ । जसबाट आत्तिएर उसले यती धेरै ठुलो पुरस्कारको घोषणा गरेको छ ।

अमेरीकी विदेश मन्त्रालयले शुक्रबारको पुरस्कारको घोषणा गर्दे भनेको छ कि हमजा अमेरिका र उसका सहयोगी माथि आक्रमण गर्ने षड्यन्त्र बुनिरहेको छ । उसले यसको धम्कि पनि दिएको छ । अमेरिकी विदेश विभागका अधिकारी एमटी इवानोफका अनुसार अमेरीकी सरकारको यो कदम आतंकवाद विरुद्ध रहेका हरेक एक हतियारको प्रयोगको प्रतिबद्धतालाई दर्शाउछ । \

अर्का नाथन सेल्स नामका एक अन्य अधिकारीका अनुसार, अलकायदा यति धेरै दिनसम्म शान्त रहनु भनेको उसको आत्मसमर्पण होइन उसको यो रणनिति प्रतिकार हो । कुनै पनि गल्ती नगरोस, त्यो आतंकी संगठनसँग आक्रमण गर्ने क्षमतासँगै लक्ष्य पनि छ । जानकारी दिनुपर्दा अमेरीका सहित कैयो देशमा आतंकी आक्रमणलाई स्वतन्त्र दिइसकेको ओसामा बिन लादेनलाई अमेरीकी नेवी सीलले पाकिस्तानको ऐबटाबादमा एक हवाई आक्रमण गरेर मारेको थियो ।

ओसामाका छोरा हमजाले केही दिन पहिला मात्र विवाह गरेका छन् । उनको विवाह ८/११ आतंकी आक्रमणको लागी विमान अपहरण गर्ने मोहम्द अट्टाकी छोरीसँग भएको थियो । यसको पुष्टि लादेनको परिवारले नै गरेका थिए । ओसामा बिन लादेनका दुई जना सौतेनी भाईहरुले ‘द गार्जियन’ मा दिएको अन्तरवार्तामा यो कुराको जानकारी दिएका थिए ।

ओसामाको सौतेनी भाई अहमद र हसन अल–अत्तासले भनेका थिए कि अल–कायदामा हमजाले धेरै ठुलो पद पाईसकेका छन् र हमजा आफनो पिताको हत्याको बदला लिने प्रयासमा छन् । हमजा ओसामा विन लादेनका तिन श्रीमती मध्ये उनका छोरा हुन जो अमेरीकी आक्रमणको समय उसँगै ऐबटाबामा बस्थिन् ।

रिपोर्ट अनुसार, हमजाको विवाह जुन युवतीसँग भएको छ उनी इजिप्ट की नागरीक हुन् । ओसामा को मुत्यु पछि उनको पत्नी र बच्चा साउदी अरब फर्किए । जहाँ उनीहरुलाई त्यहाँका पुर्व राजा मोहम्मद बिन नायेफले शरण दिएका थिए ।

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्