२०८३ जेठ ३, आइतबार
५:३६:०० बेलुका
- ADVERTISEMENT -

श्रद्धाञ्जली : राष्ट्रपतिदेखि सर्वसाधारणसम्म पुग्दैछन् टुँडिखेल, ११ बजे शव आफन्तलाई बुझाइने, मन्त्री अधिकारीको शव पोखरा लगिने

प्रकाशित मिति: २०७५ फागुन १७, शुक्रबार

1109
Shares

काठमाडौँ, १७ फागुन २०७५ । बुधबार दिउँसो ताप्लेजुङमा भएको डाइनेष्टी एयरको हेलिकप्टर दुर्घटनामा परी निधन भएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीसहित सातै जनालाई श्रद्धाञ्जली दिनका लागि शुक्रबार बिहान राजधानीको टुँडिखेलमा पार्थिक शरीर राखिँदैछ ।

बिहान ८ बजेदेखि तीन घण्टासम्म चल्ने श्रद्धाञ्जलीका लािग राष्ट्रपति विद्यादेवी भण्डारीदेखि सर्वसाधारण पुग्ने जानकारी दिइएको छ ।

त्यसैगरी उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, मन्त्रीहरु, उच्च पदस्थ अधिकारी लगायत व्यक्ति पुग्नेछन् ।

विभिन्न दलका शीर्ष नेताहरु समेत श्रद्धाञ्जली दिन टुँडिखेल पुग्नेछन् । त्यस्तै विभिन्न क्षेत्रका व्यक्तिहरु दुर्घटनामा परेकाले सबै क्षेत्रका व्यक्तिहरु श्रद्धाञ्जलीका लागि पुग्नेछन् ।

ढिला गरी सकिएको थियो शव परीक्षण
बुधबार भएको घटना भए पनि घटनास्थलबाट शव संकलन र काठमाडौं ल्याउन नै समस्या भएको थियो । सातै शव बिहीबार दिउँसो मात्र काठमाडौं ल्याउन सम्भव भएको थियो ।

त्यसपछि पोष्टमार्टम गर्न अझै बढी समस्या भयो । मन्त्री अधिकारीसहित चार जनाको शव पहिचान भए पनि बाँकी तीन जनाको शव पहिचानमा समस्या भएको थियो ।

त्यसकारणले शवको डीएनए परीक्षण गर्दा समय लाग्यो । बिहीबार दिउँसो २ः३० देखि निरन्तर परीक्षण गरिरहेका चिकित्सकले राति १ः३० बजेमात्र परीक्षण सकेका थिए ।

सामूहिक श्रद्धाञ्जलीपछि शव आफन्तलाई
११ बजेसम्म सातै शवलाई सामूहिक राखेर श्रद्धाञ्जली दिएपछि आफन्तहरुलाई बुझाइने छ । मन्त्री अधिकारीको शव भने गृहनगर कास्कीको पोखरा लगेर पुनः श्रद्धाञ्जलीका लागि राखिने छ ।

त्यसपछि मात्र राजकीय सम्मानका साथ मन्त्री अधिकारीको अन्तिम संस्कार गरिने छ ।

दुर्घटनामा मन्त्री अधिकारी, यति एयरलाइन्सका प्रबन्ध निर्देशक आङछिरिङ शेर्पा, नेपाल नागरिक उड्डयन प्राधिकरणका उपमहानिर्देशक वीरेन्द्रप्रसाद श्रेष्ठ र निर्देशक ध्रुब भोछिभोया, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका उपसचिव युवराज दाहाल, पाइलट प्रभाकर केसी र मन्त्री अधिकारीका सुरक्षाकर्मी अर्जुनकुमार घिमिरेको निधन भएको थियो ।

यति र तारा एयरलाइन्सले आफ्ना सबै उडान शुक्रबार नउडाउने जनाएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
153.25
153.85
EUR
European Euro
1
178.38
179.08
GBP
UK Pound Sterling
1
204.95
205.75
CHF
Swiss Franc
1
195.12
195.89
AUD
Australian Dollar
1
109.73
110.16
CAD
Canadian Dollar
1
111.47
111.91
SGD
Singapore Dollar
1
119.81
120.28
JPY
Japanese Yen
10
9.67
9.71
CNY
Chinese Yuan
1
22.50
22.59
SAR
Saudi Arabian Riyal
1
40.84
41.00
QAR
Qatari Riyal
1
42.04
42.21
THB
Thai Baht
1
4.70
4.72
AED
UAE Dirham
1
41.73
41.89
MYR
Malaysian Ringgit
1
38.79
38.94
KRW
South Korean Won
100
10.23
10.27
SEK
Swedish Kroner
1
16.26
16.32
DKK
Danish Kroner
1
23.87
23.96
HKD
Hong Kong Dollar
1
19.57
19.65
KWD
Kuwaity Dinar
1
500.24
502.20
BHD
Bahrain Dinar
1
406.34
407.93
OMR
Omani Rial
1
398.05
399.61
- ADVERTISEMENT -