- ADVERTISEMENT -
https://rbb.com.np
- ADVERTISEMENT -

मन्त्री बाँस्कोटाले सञ्चार क्षेत्रलाई नियन्त्रण नभई नियमनका लागि कानूनी प्रबन्ध गरिने

March 31, 2019
896
Shares
- ADVERTISEMENT -
- ADVERTISEMENT -

काठमाडौँ, चैत १७ । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले केही सञ्चारमाध्यम सरकार र सत्तारुढ पार्टीविरुद्ध भ्रम फैलाउन लागिरहेको बताउनु भएको छ । उहाले हुदै नभएका कुरा बहसमा ल्याएर आफ्नै गरिमा घटाउन संचारमाध्यम लागि परेको बताउनु भएको हो ।

राजधानीमा आयोजित कार्यक्रममा मन्त्री बाँस्कोटाले सञ्चार क्षेत्रलाई नियन्त्रण नभई नियमनका लागि कानूनी प्रबन्ध गरिने बताउनु भयो । ‘लोकतान्त्रिक आन्दोलनको सङ्घर्ष र अभ्यासकै जगबाट वर्तमान सरकार बनेको हो । यसले प्रेसमाथि नियन्त्रण गर्ने कुरा सोच्न सकिँदैन । सरकारका नीतिहरु पढेर मात्रै आलोचना गर्न म आग्रह गर्दछु । हामी नियन्त्रण होइन, नियमन गर्न चाहन्छौँ’, उहाको भनाई थियो ।

- ADVERTISEMENT -

Advertisement

मन्त्री बास्कोटाले सरकार प्रेस स्वतन्त्रताप्रति प्रतिबद्ध रहेको भन्दै स्वतन्त्रताको नाममा वर्तमान सरकारलाई ज्ञानेन्द्रसँग तुलना नगर्न आग्रह समेत गर्नुभयो । सरकारले प्रेस स्वतन्त्रता कुनै पनि अवस्थामा अपहरित हुन नदिने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो । ‘प्रेस स्वतन्त्रताको बारेमा स्पष्ट भए हुन्छ। स्वतन्त्रता अपहरित हुँदैन। ज्ञानेन्द्रसँग तुलना नगर्नु होला’, मन्त्री बाँस्कोटाको भनाई छ ।

उहाले स्वतन्त्रताको नाममा पछिल्लो समय मिडिया आतंक देखिने गरेको टिप्पणी गर्नुभयो । ‘प्रतिष्ठित पत्रकारहरु, वास्तविक पत्रकारहरु अहिले लज्जित हुँदैछन्। रुलिङ पार्टीको अध्यक्ष पुष्पकमल दाहालको अमेरिका भिजिटमा के–केसम्म समाचार छाप्नुभयो ? आफ्नो समाचार हरेर उहाँलाई यहाँ देख्दा आफैलाई लाज लाग्दैन अहिले ? के लेखियो भनेर ? आफ्नो धोती फुस्केको थाहा छैन। सरकारमाथि ख्याउ ख्याउ… अचम्म लाग्छ।’

- ADVERTISEMENT -

Advertisement

सञ्चारमन्त्री बाँस्कोटाले सामाजिक सञ्जालमाथी प्रतिवन्ध लगाउन आट्यो भनेर अफवाह फैलाएको प्रतिपनि आक्रोश पोख्नु भयो । उहाले भन्नुभयो,‘कसले फेसबुकमा प्रतिवन्ध लगाउने भनेको छ, कसले टिवटरमा लगाउने भनेको छ, पैसा चाही तिर्नुपर्छ कि पर्दैन यहाबाट पैसा लगेपछि, ट्याक्स चाही तिर्नुपर्छ कि पर्दैन, हामीले समृद्ध राष्ट्र बनाउने भनेका छौं ।’

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
www.simpaninews.com