- ADVERTISEMENT -
https://rbb.com.np
- ADVERTISEMENT -

अफगानिस्तानका उपराष्ट्रपति अब्दुल राशिद दोस्तम दोस्रो विद्रोही आक्रमणमा बाँच्न सफल

March 31, 2019
1145
Shares
- ADVERTISEMENT -
- ADVERTISEMENT -

काठमाडौं, १७ चैत्र २०७५ । अफगानिस्तानका उपराष्ट्रपति अब्दुल राशिद दोस्तम दोस्रो विद्रोही आक्रमणमा पनि बाँच्न सफल भएका छन् ।

शनिबार उनीमाथि बाल्ख प्रान्तमा तालिवानले सांघातिक आक्रमण गरेको थियो । एम्बुस आक्रमणमा उनका एक अंगरक्षकको भने मृत्यु भएको छ ।

- ADVERTISEMENT -

Advertisement

घटनामा दुईजना अंगरक्षक घाइते भएका छन् । यसअघि गत जुलाई महिनामा उनीमाथि पहिलो आक्रमण भएको थियो ।

काबुल विमानस्थलमा भएको उक्त आत्मघाती बिस्फोटमा उनी बाँच्न सफल भएका थिए । त्यतिबेला १४ जनाको मृत्यु भएको थियो ।

- ADVERTISEMENT -

Advertisement

पाँच वर्षदेखि राजनीतिमा रहेका दोस्तममाथि आफ्ना प्रतिस्पर्धी नेताहरुको अपहरण, बलात्कार जस्ता अपराधमा संलग्न रहेको आरोप लाग्ने गरेको छ ।

उनीमाथि अमेरिकालाई सघाएको आरोप पनि लाग्ने गरेको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
www.simpaninews.com