काठमाडौं, चैत १३

काठमाडौँ महानगरपालिकाले काठमाडौँ महानगरपालिका क्षेत्रभित्रका सडक धुलोमुक्त बनाउने आधुनिक प्रविधियुक्त पाँच ओटा ब्रुमर सञ्चालनमा ल्याएको छ । काठमाडौँ महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले राजधानीको राष्ट्रियसभा गृहमा एक औपचारिक कार्यक्रमको आयोजना गरी ब्रुमरको औपचारिक शुभारम्भ गर्नुभएको हो ।

सफा र स्वच्छ शहरको योजनाबद्ध विकास र विस्तार गर्दै महानगरपालिकालाई धुलो मुक्त बनाउँन युरो ४ एमिसन स्टाण्डर्डको डुभेलो ६००० मोडलका यी ब्रुमरले महानगरपालिका भित्रका पाँच ओटा रुट बनाएर प्रत्येक दिन प्रत्येक बु्रमरले दैनिक ८ घण्टाका दरले काम गर्ने छन् । १०७ किलोवाठ इन्जिन क्षमता रहेका यी ब्रुमर डिजेलबाट चल्नेछन् ।

मेयर शाक्यले निर्वाचनका बेला आफू निर्वाचित भएपछि बु्रमरबाट महानगरका सडक सफा गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको थियो । यी बु्रमर सञ्चालनमा आएसँगै उहाँको यो चुनावी एजेण्डाले मुर्तरुपम प्राप्त गरेको छ । महानगरपालिकाले पहिलो पटक भित्र्याएका यी बु्रमरमा ५ सय लिटर पानी र ४.६८ घनमिटर धुलो भण्डारण गर्न सक्ने क्षमता रहेकोे छ ।

त्यसैगरी यो बु्रमरको अगाडि एउटा, छेउमा दुईवटा र बीचमा एउटा गरी चारवटा ब्रस रहेका छन् । ब्रसले न्युनतम २६ सय मिलि मिटर र अधिकतम २६ सय मिलिलिटर चौडाइमा सफा गर्न सक्छ भने यो सफाई गर्ने क्रममा यसको अधिकतम गति १० किलोमिटर प्रतिघण्टा रहेको छ । इटालीबाट ल्याएका यी बु्रमरको मूल्य यहाँसम्म ल्याई पुर्याउँदा प्रतिगोटा २ करोड १५ लाख १७ हजार ४ सय ३६ रुपैँया रहेको महानगरपालिकाले जानकारी दिएको छ ।

अझै दुई ओटा ब्रमर ल्याउँछौँ : मेयर

औपचारिक कार्यक्रमलाई सम्वोधन गर्दै महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले यी पाँच ओटा ब्रमरको परिक्षण सफल भएपछि अझै थप दुई ओटा ब्रुमर ल्याउने जानकारी दिनुभयो । ‘अहिले हामीले यी पाँच ओटा ब्रुमर परिक्षणको रुपमा सञ्चालन गरेका छौँ । यो सुरुवात हो,’ शाक्यले भन्नुभयो, ‘आश्वश्यक परे अझै दुई ओटा ब्रुमर थप गरेर महानगरपालिका क्षेत्रलाई धुलोमुक्त बनाउँछौँ ।’ उहाँले महानगरले मात्रै गरेर केही नहुने भन्दै सबैको सहयोग अपरिहार्य भएको पनि बताउनुभयो ।

‘हामीले महानगरपालिका भित्रका सडकमा ब्रमर कुदाउने अनि धमाधम बन्दै गरेको पूर्वाधारका सामाग्री जथाभावी मिल्काउने हो भने हाम्रो प्रयास असफल हुन्छ,’ उहाँले भन्नुभयो,‘ठेकेदार कम्पनीहरुले पनि यो कुराको ख्याल गरेर सफा र सुन्दर महानगर बनाउने अभियानलाई सहयोग गर्नुपर्छ ।’ उहाँले तीन मिटर भन्दा तलका गल्लीमा पनि ब्रमर कुदाउने गरी तयारी थालेको बताउनुभयो ।

उहाँले विस्तारै महानगरपालिकाले राम्रो काम गरेको भन्दै राम्रो काम गर्न कसैसँग पनि डराउनु नपर्ने बताउनुभयो । ‘राम्रो काम गर्न अख्तियारसँग पनि डराउनु पर्दैन,’ उहाँले भन्नुभयो, ‘हामीले राम्रो काम गर्ने हो । हामी गर्दै जान्छौँ । विरोध गर्न कै लागि कसैले नराम्रो लेख्छन् भने त्यसले केही असर गर्दैन ।’ उहाँले पाँच ओटा बु्रमरले दैनिक साँझ ८ बजेदेखि विहान चार बजेसम्म सडक सफा गर्ने पनि उहाँले जानकारी दिनुभयो ।

उहाँले अहिले सडकका खाल्टाखुल्टी पुर्ने लगायतका लागि सडक विभाग, खानेपानी संस्थान, मेलम्ची खाने पानीसँग पनि समन्वय भैरहेको भन्दै अब वर्खा अघि नै महानगरका सडक सफा हुने दाबी गर्नुभयो । मेयर शाक्यले ब्रुमर किन्न खोज्दा अनेकन शंका आशंका गरिएको स्मरण गर्दै सानो योजना पूरा गर्दा पनि ठूलो युद्ध नै जितेजस्तो हुने अवस्था सरकारी क्षेत्रमा रहेको गुनासो गर्नुभयो ।

कार्यक्रमलाई सम्वोधन गर्दै उपप्रमुख हरिप्रभा श्रेष्ठ खड्गीले सहरी सेवा एकीकृत गर्ने दिशामा महानगर रहेको बताउनुभयो । महानगरका प्रमुख प्रशासकीय अधिकृत यादवप्रसाद कोइरालाले सफाइमा सबैले दायित्व बोध गर्नुपर्ने बताउनुभयो । उहाँले विदेशमा जाँदा चकलेटको खोल समेत गोजीमा राख्ने र थुक निल्ने हामीले यहाँ आएपछि विर्सिएकाले समस्या भएको बताउनुभयो ।

ब्रुमर सञ्चालन हुने रुटहरु

रुट नं. १ टेकुबाट शुरु गरेर सोल्टीमोड हुँदै कलंकीत्यसपछि सोल्टीमोड — टेकु — त्रिपुरेश्वर — सुन्धारा-नयाँ सडक-जुद्ध सालिक-हाङ्काल-जमल-लाजिम्पाट-शितलनिवास-शिक्षण अस्पताल-नारायण गोपालचोकसम्मको मुल सडक । त्यस्तै जमल-विश्वज्योति -घण्टाघर-भद्रकाली-सहिद गेट हुँदै सुन्धारासम्म

रुट नं. २. टेकुबाटत्रिपुरेश्वर — थापाथली — माइतीघर मण्डला — बबरमहल — बानेश्वर — तीनकुने हुँदै अन्तरराष्ट्रिय बिमानस्थल सम्म । त्यहाँबाट फर्किएर तीनकुनेबाट कोटेश्वर — जडिबुटीहुँदै पेप्सिकोलासम्म । पेप्सिकोला चोकबाट कोटेश्वर — नयाँबानेश्वर — बबरमहल — माइतीघर मण्डला — थापाथली — त्रिपुरेश्वर — टेकु — कालीमाटी — बल्खु पुगेर त्यही सडकबाट फर्किएर — कालीमाटीहुँदै टेकुसम्म ।

रुट नं. ३ टेकुबाट त्रिपुरेश्वर — सुन्धाराहुँदै भोटाहिटी —विश्वज्योति — घण्टाघर — भद्रकाली — सिंहदरवारबाट पुतलीसडकतर्फको सडक । पुतली सडकबाट कमलादीमोड — हात्तीसार — जय नेपाल हल — दरबार मार्ग — कमलादी प्रज्ञा भवन पछाडिबाट काठमाडौं प्लाजासम्मको सडक । त्यस्तै दरबारमार्गमा रहेको महेन्द्रको शालिकबाट नारायणहिटीहँुदै केशरमहलचोक — त्यसबाट लाजिम्पाटतर्फ खानी तथा भूगर्भ विभाग अगाडिको चोक —नारायण हिटीको उत्तर गेट — गैरी धारा (प्रहरी हेड क्वाटर पछाडिको चोक)-सभामुख क्वाटर — राष्ट्र बैक — प्रधानमन्त्री निवास (वालुवाटार) रसियन दूतावास हुँदै महाराजगञ्जस्थित वडा ३ कार्यालयसम्मको सडक । फकिँदा शितलनिवास — पानीपोखरीहुँदै लैनचौर — सोह्रखट्टे — बालाजु चोक (रिङ्गरोड) — सोह्रखुट्टेबाट — बिष्णुमती लिङ्क रोड — ईन्द्रायणी — नरदेवीपुलदेखि टेकुसम्मको सडक ।

रुट नं. ४. टेकुबाट पुतलीसडक — कमलपोखरी — ज्ञानेश्वर — मैतीदेवी — पुरानो बानेश्वर — सिनामंगल — एअरपोर्ट गेट — गौशाला — चाबहिल — होटल हायात चुच्चेपाटी — फर्किएर चाबहिल — गौशाला — बत्तीसपुतली— पुरानो बानेश्वर — मैतीदेवी — डिल्लीबजार — पुतलीसडक — प्रदर्शनी मार्ग — सिंहदरबार — माइतीघर मण्डला — थापाथली — त्रिपुरेश्वर — टेकु ।

रुट नं. ५. टेकुबाट त्रिपुरेश्वर — पोष्ट अफिस — न्यूरोड गेट — बसन्तपुर — ईन्द्रचोक — न्यूरोड —महाङ्काल — जमल — केशरमहलबाट त्रिदेवीमार्ग । ठमेलबाट फर्किएर दरबार मार्ग — घण्टाघर — भद्रकाली — सिंहदरवार — माइती मण्डला सिंहदरबारको दक्षिण ढोका । हनुमान स्थानबाट — थापागाउँ —अन्तराष्ट्रिय सम्मेलन केन्द्र — त्यहाँबाट पुरानो बानेश्वरतर्फ रत्नराज्य स्कूल — मध्यबानेश्वर — बत्तीस पुतलीचोक — मैतीदेवी — डिल्लीबजार — बागबजार — प्रदर्शनीमार्ग — भद्रकाली —त्रिपुरेश्वर हुँदै टेकु — बल्खु, कलङ्की — सीतापाइला — बालाजु — गोङ्गबु — नारायण गोपाल चोक — चाबहिल, ज्ञानेश्वर — डिल्लीबजार — बागवजार — पुरानो बस पार्क — त्रिपुरेश्वर — टेकु ।

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्