भरतपुर, चैत १२ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीका वरिष्ठ नेता एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले नेत्रविक्रम चन्द नेतृत्वको नेकपासँग वार्ताको प्रयास जारी राखिएको बताउनु भएको छ । उहाले केही नेता पक्राउ परेपनि संवादको प्रयास जारी राखेको स्पष्ट पार्नुभएको हो ।

भरतपुर विमानस्थलमा मंगलबार विहान पत्रकारहरुसग कुरा गर्दै उहाले सो समुहका व्यक्तिलाई नभई गतिविधिमा प्रतिवन्ध लगाएको पनि स्पष्ट पार्नुभयो । ‘पार्टीका एक तहका नेता सोमप्रसाद पाण्डेयजीले अझै पनि संवाद राख्न खोजिरहनु भएको छ’, नेता नेपालले भन्नुभयो,‘सरकारले चन्दको गतिविधिमा प्रतिबन्ध लगाए पनि मान्छेलाई नै सिध्याउने नीति लिएको हैन ।’

उहाले राज्यले त्रास, आतंक र विध्वंस नहोस् भन्ने चाहेको र सिर्जनात्मक र रचनात्मक रुपमा अगाडि बढ्ने कुरामा कुनै अवरोध नगर्ने भनाई राख्नुभयो ।

‘मान्छेको चिन्तनलाई ध्वंसमा हैन रुपान्तरणमा लैजाने मूल कुरा हो। अब नेत्रविक्रम चन्दले पनि आफैं पहल गरेर शान्तिपूर्ण रुपमा अवतरण गर्ने काम गर्नु भयो भने उनको शक्ति, उर्जा र अनुभव देशलाई रुपान्तरण गर्न प्रयोग हुन्छ’, नेता नेपालले भन्नुभयो ।

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्